सिलवासा । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने सिलवासा नगर समितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगर अध्यक्ष छोटेलाल चौधरीको अध्यक्षता, नगर सदस्य दिलीप खरेलको सञ्चालनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम केन्द्रीय सदस्य गोबिन्दबहादुर थापा, क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको आतित्थ्यता रहेको थियो । प्रमुख अतिथीले देशको तत्कालिन राजनीतिक परिस्थिति, भारत प्रवासमा नेपालीहरूले भोग्नु पर्ने विभिन्न समस्या र सामाधान तथा सचेत संगठनले खेल्न सक्ने भुमिकाको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
वापी पूर्व । त्यसैगरि सोही क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी (पूर्व) नगर समिति अन्तर्गत भडकमोर एरिया समितिमा एरिया अध्यक्ष चन्द्र विकको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य गोबिन्दवहादुर थापा, क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको उपस्थिति रहेको थियो । अतिथिहरुले देशको तत्कालिन राजनीतिक परिस्थिति, भारत प्रवासमा नेपालीहरूले भोग्नु परेका विभिन्न समस्या र सामाधानको बारेमा प्रष्ट्याइएको थियो ।
















