धर्मराज शर्मा, कोट्टयाम केरला
सुन्दरताले भरिपुण मेरो प्यारो देशमा ।
आगन्तुक बनि खुशियालि छर्दै आयौ तिमि ।।
नेपाली श्रमजिबि बर्गको हृदयको टुक्राबनी आयौ तिमि ।
गरिब दुःखिका आवाज सँगसँगै बोल्न थाल्यौ तिमि ।।
लालि गुराँश जस्तै प्यारो बन्न थाल्यौ कुनै बेला तिमि ।
शोषित पिडितका आवाज बुलन्द गर्न थाल्यौ तिमि ।।
क्रमस शोषित पिडित जनताका नानी बन्न पुग्यौ तिमि ।
तिनै पिडितलाई शोषण गरि खल्ति भर्न थाल्यौ तिमि ।।
गलत नीति र सिद्वान्तको सौदाबाजी गर्न थाल्यौ तिमि ।
आफ्नै सहयात्री साथिलाई गलत्याउन थाल्यौ तिमि ।।
राजा महाराजको नीति अपनाउन थाल्यौ तिमि ।
बुद्विजिबि र दार्शनिक ठान्दै गुडबंदी गर्न थाल्यौ तिमि ।।
जनताको ममता माथि परेड खेल्न थाल्यौ तिमि ।
आखिर स्वयं पतनको बाटो रोजि छाड्यौ तिमि ।।
















