कोरोना संक्रमणबाट मृत्यु भएका नेपालीको मूल प्रवाहको सहयोगमा दाहसंस्कार

खिमराज चालिसे,

हिसार। भारतको हरियाणा राज्यको हिसारमा मजदुरी गर्दै आइरहेका पाल्पाका ३५ वर्षीया नरबहादुर खाम्चाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोगमा मृतकको अन्तिम संस्कार गरिएको छ ।

समाजका क्षेत्रीय सल्लाहकार तारा सोमारे, नगर सदस्य तथा सिटी एरिया अध्यक्ष केहरसिंह घर्तीमगर र सदस्य शंकर पाण्डे सहित मृतकका भिनाजुहरु भेषबहादुर र हिमबहादुर अग्रोहा हस्पिटलमा पुगी आवश्यक प्रकृयाहरु पुरा गरी मृतकको दाहसंस्कार गरिएको छ।

पाल्पा जिल्लाको साविकको ताङाग गाबिस, फुरुङगदी–७ निवासी मिन बहादुर खाम्चाका छोरा नरबहादुर खाम्चालाई नागरिक अस्पताल हिसारमा कोरोना पुष्टी भएको थियो । उनको थप उपचारको लागि अग्रोहा अस्पताल रिफर गरिएको र उपचारको क्रममा आजै मृत्यु भएको हो ।

उनका आफन्तबाट अस्पतालबाट शव निकाल्न र दाहसंस्कार गर्न मूल प्रवाहलाई सहयोगको आग्रह गरिएपछि मूलप्रवाह हिसारले आफ्नो अभिभावकीय दाहित्व पुरा गर्दै सहयोग गरेको नगर सचिव तारा सोमारेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार