काठमाडौँ । हङकङ नेपाली एकता समाजले बागलुङ समाजसितको सहकार्यमा बागलुङ ढोरपाटन नगरपालिका–४ खुङ्गाका एक जना आँखाका गम्भीर बिरामीलाई एक लाख ९१ हजार (हङकङ डलर १२,२५२) सहयोग गरेको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, राजमो नेता आनन्द शर्मा र प्रगतिशील पत्रकार सङ्घ बागमती प्रदेश समितिका अध्यक्ष रमेश पौडेलको उपस्थितिमा २०७८ जेठ ९ गते राजमो केन्द्रीय कार्यालय कपनमा बिरामी होमबहादुर अर्गेजालाई सो रकम हस्तान्तरण गरिएको हो ।
बिरामी होमबहादुर अर्गेजाको वनमा घाँस काट्न जाने क्रममा दाहिने आँखामा गम्भीर चोट लागेको थियो । अहिले उहाँको आँखाको उपचार काठमाडौँको तिलगङ्गा आँखा अस्पतालमा भइरहेको छ ।
बिरामी अर्गेजाले यतिखेर आँखाको अप्रेसनको प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले जेठ १२ गते चिकित्सकहरूले अप्रेसनको तयारीका लागि अस्पताल बोलाइएको पनि बताउनुभयो ।
आँखाका बिरामी अर्गेजाले आफूलाई आर्थिक सहयोग गरेकोमा हङकङ नेपाली एकता समाज र बागलुङ समाजप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘तपाईंहरूको सहयोगले मेरो आँखाको सफल उपचार हुनेमा विश्वस्त छु ।’
उता, हङकङ नेपाली एकता समाजका अध्यक्ष तथा बागलुङ समाजका सचिव शक्तमान बुढाथोकीले दुवै सङ्गठनको संयुक्त पहलमा उपर्युक्त रकम सङ्कलन गरिएको जानकारी दिनुभयो । उ
हाँले आँखाका गम्भीर बिरामीलाई गरिएको यस खालको सहयोगका लागि सहयोगदाता सबैलाई धन्यवादसमेत दिनुभयो ।
सहयोगदाताहरूको नामावली
१) विश्व थापा $1000
२) उमा थापा $1000
३) गौमाया पुन $800
४ ) मिना पुन $501
५) मान थापा $500
६) सक्तमान बुदाथोकी $500
७) राजेश श्रेष्ठ $500
८) हेम छन्त्याल $500
९) रनसरा बुदाथोकी दुर्गी $500
१०) देवान सिहँ पुन $300
११) डा चुरा थापा $200
१२) प्रेम पुन $ 200
१३ ) निता थापा $200
१४) लक्षमण पुन $200
१५ ) अमिृता राना $100
१६) जसिन्ता राना $100
१७) ज्ञामुराम आचार्य $200
१८ ) डिपक कंडेल $100
१९) शेर बहादुर पुन $500
२०) जिवन छन्त्याल $500
२१) गिता सुनार बुर्तिबाङ $500
२२) इम कुमारी पुन $100
२३) तिल कुमारी श्रीस $100
२४) ज्ञान कुमारी बुदाथोकी चौरा $50
२५) लिला धर पौडेल सल्यान $ 200
२६) मिन पुन बर्दघाट $200
२७) टिकाराम कंडेल ताराखोला हिमालय रेष्टुरेन्ट वानचाइबाट $500
२८) हर्कलाल गौतम , राधिका गौतम $200
२९) कल्पना पुन खोलेस्बाङ $500
३०) धनीराम पुन रिघा $300
३१) याम थापा ज्यू बाट $200
३२) केशव कार्की बाग्लुङ बजार $500
३३) कल्पना पुन काउचा $100
३४) पुर्णा देवी श्रीस $100
३५) धन प्रशाद पाण्डे बाग्लुङ समाज हंङकंङ आजिवन सदस्य ग न पा न:६ चरौडी $501
३६) यामनायण सापकोटा सचिव हंङकंङ नेपाली एकता समाज $100
३७) पदमा पुन कार्यसमिति सद्स्य $100
३८) संगम के सी कार्यसमिति सद्स्य $100
३९) नित्रा थापा बैकल्पिक सद्स्य बाग्लुङ समाज हंङकंङ $100
जम्मा सहयोग रकम $12,252/-
बिरामीले रकम बुझिलिएको भरपाइ

















