
खिमराज चालिसे,सुदुर पश्चिमोत्तर क्षेत्रको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता...

खिमराज चालिसे, चंडीगढभारतमा मूल प्रवाहको सुदुर पश्चिमोत्तर क्षेत्रको चंडीगढमा मूल प्रवाह...

खिमराज चालिसे, भारत ।भारतको हिमाचल राज्यको रामपुरमा मूल प्रवाह रामपूर नगर...

नयाँ दिल्ली । हिमाचलको सोलन जिल्ला अन्तर्गत अर्की भन्ने स्थानमा भएको आगलागीबाट...

नेल्लोर । मूल प्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य...

खिमराज चालिसे, भारत । भारतको पंजाब राज्यको जिरकपुरमा कञ्चनपुरका रमेश भुल वर्ष...

आगरा, उत्तर प्रदेश 5 जनवरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

नई दिल्ली 5 जनवरी 2026 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

जिल्ला बाग्लुङ जैमिनी नगरपालिका ७ जैदी काभ्रे नेवलबारी बस्ने नन्द रानाका...

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2026 All right reserved Site By : Himal Creation
काठमाडौं । अखिल नेपाल बुद्धिजीवी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका असंवैधानिक कदमले देशमा कानुनी राज्यको उपहास भएको बताएको छ ।
संघका अध्यक्ष प्राध्यापक डा. श्रीधर गौतमले प्रेस विज्ञप्ती प्रकाशित गरी सत्तामा रहिरहन प्रधानमन्त्री ओलीले असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदम उठाएको बताउनुभएको छ ।
संघले वैकल्पिक सरकार बन्ने आधार हुँदाहुँदै संसद विघटन गर्नु र नागरिकता ऐनसम्बन्धी संसोधन विधेयकलाई अध्यादेश मार्फत लागू गर्नु आपत्तिजनक भएको बताएको छ ।
वक्तव्यमा भनिएको छ:
यही २०७८/२ /८ गते गतवर्षको पुुस महिनाको गल्ती दोहोर्याउँदै प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटनको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेर अर्को संवैधानिक नियमको उल्लंघन गरेर कानूनी राज्यको सिद्धान्त माथि प्रहार गरेका छन् । वैकल्पिक सरकार बनाउने पर्याप्त आधार हुँदाहुँदै जसरी पनि आफू सत्तामा रहिरहन प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएको असंवैधानिक, अप्रजातान्त्रिक र प्रतिगामी कदमको अखिल नेपाल बुद्धिजीवी संघ जोडदार रुपामा विरोध र निन्दा गर्दछ ।
यस्तो असंवैंधानिक कदमबाट देशका लोकतन्त्रविरोधी शक्तिहरुलाई बल पुगी प्राप्त लोकतान्त्रिक अधिकारको हनन भई देशमा निरंकुश शासन प्रणाली स्थापित हुने डर भएको छ । यतिमात्र नभई संसदमा विचाराधीन अवस्थामा रहेको राष्ट्रघाती नागरिकता ऐनसम्बन्धी संसोधन विधेयकलाई अध्यादेश मार्फत त्यसलाई लागू गराउने सिफारिस समेत आपत्तिजनक र गैरलोकतान्त्रिक छ ।
यी दुवै कदमहरुबाट देशमा कानूनी राज्यको अन्त्य हुने डर भएकोले अखिल नेपाल बुद्धिजीवी संघ सबै न्यायप्रेमी जनसमुदायमा यसको विरोध गर्न पनि अपिल गर्दछ । आमजनताको अजयशक्तिको बलले लोकतन्त्रले जित्नेछ र गैरलोकतान्त्रिक कदमको पराजय हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछौँ ।
अध्यक्ष
प्रा.डा.श्रीधर गौतम