जनक राज पौडेल
कोरोना माहामारीमा
ज्यानको बाजी थापी
बिरामी बचाउन
पहिलो लाइनमा खटेका
डाक्टर, नर्स राख्नु हुँदैन
कुट जति सक्छौ कुट
तिम्रो बहादुरी देखाउने
मौका यहि हो
धम्काऊ हप्काऊ
ति बिरामिी बचाउन
खटेका डरपोक मुर्ख
डाक्टर, नर्स हरुको
घाँटी थिच
तिम्रो बहादुरिता देखाई देऊ
सुनाइ देऊ
तिम्रो पावर
कहाँसम्म चल्दछ ।
ती डरपोक स्वास्थ्यकर्मी
कति मूर्ख होलान्
बिरामी बचाउन दिनरात
कोरोनासँग पौठेजोरी खेल्दै
जीवन रक्षामा लाग्ने,
तिम्रो पावर
तलदेखि माथिको सम्बन्धले
बिरामी आफैँ बच्दछ भन्ने
थाहा नपाउने
तिम्रो बहादुरिता र हौसियत
नबुझ्ने ती मुर्ख
स्वास्थ्यकर्मीहरुलाई ठोक।
तलदेखि माथिको पावर
त्यही सत्ताको आडमा
तिम्रो ताण्डव
महामारीमा ज्यान
जोखिम राख्दै
जीवन रक्षामा खटिएका
स्वास्थ्यकर्कीहरुको
तिमीले लिएको हुर्मत
मानवीय सभ्यता
संवेदनशीलता
धज्जी उडाउँदै
तिम्रो हर्कतले
सिङ्गो समाज नै
लाजले निहुरिन बाध्य छ।
सत्ता आडको
असभ्य बहादुरिता
प्रति मेरो निन्दा छ
अपराधीहरुका
पृष्ठपोषक प्रति
मेरो घृणा छ
महामारीको
विषम परिस्थितिमा
ज्यानको बाजी थाप्दै
जीवन रक्षामा लाग्ने
आफ्नो कर्तब्यमा निष्ठावान
स्वास्थ्यकर्मी प्रति
मेरो अन्तर ह्रदयदेखि सलुट छ।
















