काठमाडौं । जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) ले नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्यलाभको कामना गरेको छ । एमएलपीडीका अध्यक्ष गाभी फेचनरले एक सन्देश पठाएर महामन्त्री सिंहको स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
जर्मन एमएलपीडी क्रान्तिकारी पार्टी तथा संगठनहरुको अन्तर्राष्ट्रिय संस्था ‘आईसीओर’ को संयोजक हो भने नेकपा (मसाल) पनि सो संगठनको सदस्य हो । महामन्त्री सिंह आईसीओआरको संस्थापकमध्ये एक हुनुहुन्छ । एमएलपीडीकी नत्री मोनिका गार्टनर आईसीओआरका संयोजक हुनुहुन्छ ।
यो पनि : नेकपा (मसाल) को राजनीतिबाट धेरै नै प्रभावित छु
Statement of CPN (Masal) on Kalapani on ICOR’s website
Declaration on the Corona Pandemic
केही समयअघि कोरोना संक्रमणलगायत समस्याका कारण अस्वस्थ भएका सिंह अहिले स्वास्थ्यलाभ गरिरहनुभएको छ । एमएलपीडीको तर्फबाट पठाइएको सन्देशमा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ ।
‘हामी तपाईंले के गर्दै हुनुहुन्छ सुन्न चिन्तित छौं’ सन्देशमा भनिएको छ, ‘तपाईं पुनः स्वास्थ्यलाभ गरिरहनुभएको छ भन्ने सुन्न पाउँदा अत्यन्तै खुशी भएका छौं । हामी आशा गर्छौं कि यहाँले अक्सिजन स्तरमा सुधार जारी राख्नुहुनेछ र तपाईं आराम गरेर पूर्ण स्वस्थ हुनुहुनेछ ।’
अध्यक्ष गाभीले पठाउनुभएको सो सन्देशमा महामन्त्री सिंहलाई सहयोग गर्न एमएलपीडी तयार रहेको बताउनुभएको छ ।

















