“धन्यवाद“

सहयोग र समर्थनका हजारौ हात पाएका मान्छे,
धेरैले माया गरिरहने भएर होला,
कोरानाले पनि माया गर्यो,
छोडेन कत्ती पनि,
तर बचाउनु भयो हजुरहरूले हामी छौ भनि,

परिबार नजिक छैन तर
साथ समर्थन मिल्यो अती,
हामीलाई जस्तै साथ मिले कोरोना जितेर बाच्थे कती ।
आभार सहित धन्यवाद दिन चाहे मैले पनि,
बचाउनु भो हामीलाई
तिम्रो हामी छौं भनि ।
तरकारी राशन फलफुल
बोकेरै गेटमा आउनु भयो,
हजुरहरूको माया सामु
कोरोनाले हार्यो,
हामीलाइ निको भयो ।
के चाहियो भन्दै दिनहुँ फोन गर्नु भयो,
कस्तो छ स्वास्थ्य भनि सोध्नु भयो,
कति साथीहरु त हाम्रो डाक्टर पनि बन्नु भयो ।
कसैले काढां बनाई बोकेर आउनु भयो,
कसैले तरकारी बोकेर आउनु भयो,
हजारौं शुभकामना र भरोसाले हामीलाई बचाउनु भयो,
फलफुल खानु है बैनी भन्दै ४ दिनको बाटोबाट पैसा पठाउनु भयो,
हजुरहरूको न्यानो मायाले नै हामीलाई बचाउनु भयो,
खाना बनाएर ल्याई दिन्छौं
भन्नुस् के खाने भन्नु भयो,
हामी भाग्यमानी हौं साथीहरुको
त्यसैले त बचाउनु भयो
फेशबुक वालमा शुभकामना दिनु भयो
हाम्रो पीडा हजुरहरूले बाट्नु भयो ।
डरायो कोरोना पनि
धेरैको साथ रहेछ भनेर त्यसैले कोरोना टाढा गयो
सबै मेरा आफन्तहरुको आशिर्वाद बर्गीय मायाको साथ
सधै यस्तै माया पाउँ हृदयदेखि धन्यबाद ।
कसैको पनि फोन उठाईन क्षमा गरी दिनु है ।

जुना भंडारी चालिसे–

मालिका गाउँपालिका–६ अर्जै,

गुल्मी, हाल भारतको चंडिगढ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार