सिदाम्बरम, १२ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सिदाम्बरम नगर समिति अन्तर्गत महिला नगर विभागकी सदस्य बबिता गायकको संझनामा १२ जुन २०२१ का दिन दाहसंस्कार पछि नगर समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न पारिएको छ । मृतक बबिता गायक मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय प्रतिनिधि साथै रक्तिम साँस्कृतिक विभागका संयोजक बालाकृष्ण गायक कि जीवन संगिनि हुनुहुन्थ्यो ।
श्रद्धाञ्जली सभामा मृतक बबिता गायकको सम्मानमा दुई मिनेट मौनधारण पश्चायत, केन्द्रीय तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय परिषद् सदस्य चन्द्रकान्त शर्मा, पाण्डिचेरी नगर सचिव गोविन्द शर्मा, सितम्बरम् नगरबाट गोकुल बहादुर गन्धर्व, जीवन पराजुली र प्रवासी संघ भारतको तर्फबाट विष्णु प्रसाद शर्मा लगायतले शोक मन्तव्य दिनुभएको थियो ।
सव यात्रामा, श्रीमान बालाकृष्ण गायक, ठुला छोरा अर्जुन गायक, छोरी सिर्जना गायक, कान्छो छोरा प्रतीक गायक, जनकराज पौडेल, चन्द्रकान्त शर्मा, गोविन्द शर्मा, जीवन पराजुली, नारायण शर्मा, हिमबहादुर हमाल, गोकूल गायक, हेमबहादुर गन्धर्व, प्रेम शर्मा, सरस्वति गायक, संदिप गायक, वीरबहादुर गायक, प्रेम गायक, विजय गिरी, विष्णु शर्मा, चद्रिका देवि शर्मा, बिक्रम जिसी, कुमार, सुवास, सन्तोष गायक, सन्देश, नवीन, गोविन्द हमाल, खिमा कुमारी हमाल, ईन्द्र बहादुर गायक, लोकेन्द्र गायक, बालु गायक, सुरेश गायक, विजय गायक, संगिता गायक, स्थानियहरु लगायत कम्पनिका कर्मचारीहरुको व्यापक सहभागिता रहेको थियो ।
















