डाक्छ मसाल

जनक बिसि, कोचिन

फर्क न फर्क नेपाली तिमिलाई डाक्छ मसाल,
आमाको मायाँ बराबर तिम्रै हो देश नेपाल ।

हेर त आज देशमाथि साम्राज्यवादी दखल,
लिपु, लिम्पियाधुरा र कालापानी चिच्याएको खबर
बिस्तारबादी नाराले देश फलाम सरि तातेको,
साम्राज्यवादी भारतमा खैलाबैला छाएको ।

फर्क न फर्क नेपाली ………………………
……………………………………………….

पुर्बमा झापा सुस्ता र सिमाना देशबासि रोएका,
देश बचाउन सम्पुर्ण नेपाली सारा उठेका,
यस पटक देश बचाउ सम्पुर्ण हामी मिलेर,
वीर पुर्खाले आर्जेको सारा रिण तिरेर ।

फर्क न फर्क नेपाली ………………………
………………………………………………

बिर्सेका छैनौं हामीले लाठि बुट गोलि खाएको,
सहने छैनौं हामीले घर र पाखा लुटेको,
कोटि कोटि जनता बिस्सोका अग्ला टाकुरा,
मेहनतकस हामी जनताले ल्याउने हो पर्गती आँकुरा ।

फर्क न फर्क नेपाली …………………………..
……………………………………………………

बिस्तारबादी नारा हो, मसालको हतियार,
खोक्रा देशभक्तहरु भएका छन मतियार,
भारतिय साम्राज्यवाद मुर्दाबाद घन्काउँदै,
जगाउँ सारा देशभक्त उजेयालो राँको सल्काउँदै ।

फर्क न फर्क नेपाली तिमिलाई डाक्छ मसाल,
आमाको माया बराबर तिम्रै हो देस नेपाल ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार