पुतली देबि सार्कीको अन्तिम संस्कार गरियो

English English Nepali Nepali

धर्मराज शर्मा

कोट्टयाम केरला ०६ जुन २०२१ स्वदेश खप्पड छान्ना गाउ पालीका वाड नम्बर ०४ माझीगाउँ बझ्याङ निवासी शेरु सार्की कि श्रीमती पुतलीदेबि सार्की बर्ष ६० हाल केरला राज्य आलापुष्णा जिल्ला अन्तरगत हरिपाड स्थित छोरा बुहारी, नाती नातिनाहरु सहित दैनिकी जीवन गुजार्दै आयकि थिईन ।

०६ जुनका दिन बिहान नातिलाई खाना खुवाउदै गरेको क्रममा अचानक रिङ्गटा लागि पल्टिन पुगेको परिवारले बताए ।

कोभिड १९महामारिको कारणले राज्यमा लक्डाउको विषम परिस्थितिमा गाउँलेहरुलाई हार गुहार गर्दै एक अम्बुलेन्सको जोहोर गरि हरिपाड सरकारी अस्पतालमा पुर्याई चेकजाँच पछि डाक्टरले मृत भैईसकेको घोषणा गरे तगत्तै मृतकको छोराले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिमा सम्पर्क गरि आबस्यक सर सहयोगको अपिल गरे लगत्तै दक्षिण भारत क्षेत्रीय समितिका सदस्य भद्र बहादुर थापा र नगर समितिका सचिब मनोज जिसीले उद्वार सम्पर्कद्वारा सरसल्लाह गर्दा विभिन्न स्थानबाट आफन्तजनहरु सहभागी हुनपर्ने भएकाले मृतकको अन्तिम संस्कार गर्न नसकिने भयको हुँदा कुमारपुरम ग्राम पञ्चायत कि वाड अध्यक्ष श्रीमती अजिता बिजुको रोबहरमा शब मर्चरिमा राखिएको थियो ।

०७ जुनका दिन समाजका भद्र बहादुर थापा र सचिव मनोज जिसीको उपस्थितिमा प्रशासनिक प्रक्रिया पूरा गरि कायमकुलम नगरपालिकाको संशानघाटमा पुतलीदेबि सार्किको अन्तिम दाहासंस्कार गरिएको छ ।

आफ्नो देशमा दैनिकि चलाउन असम्भव भएका कारणले रोजिरोटिको समस्या टार्न स परिवार सहित भारत छिर्न बाध्य भएका घरमुलि तथा मृतकका श्रीमान शोरु सार्की पनि करिव आठ महिना पुर्व मृत्यु भई साथिहरुको रोबहरमा दाहा संस्कार गरिएको थियो । दम्पतिका चार छोरा बुहारी एक छोरी र आठ नाति नातिनाहरु रहेका छन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले जस्तो सुकै विषम परिस्थितिमा पनि भारत स्थित नेपालीहरुको उद्वार कार्यमा खटेको मनपरायर १७ जना नेपाली मजदुरहरुले सदस्यता लिंदै समाजमा प्रवेश भएको सचिव मनोज जिसिले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार