मेलम्चीमा ८ जनाको शव फेला, बेपत्ताको यकिन हुन सकेन

काठमाडौं । लेदोसहितको बाढीका कारण डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार आसपास क्षेत्रमा ८ जनाको शव फेला परेको छ । लार्के डाँडोमा पहिरो जाँदा मेलम्ची थुनिएपछि बनेको ताल फुट्दा मेलम्ची बजारमा बाढी पसेको हो ।

मंगलबार भारी वर्षातसँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परेर मृत्यु भएका ८ जनाको शव फेला परेको र बेपत्ता भएकाको यकिन संख्या अझै थाह हुन नसकेको प्रहरीले जनाएको छ ।

 चौतारा र हेलम्बु गाउँपालिकालाई बढी प्रभावित बनाएको बाढी पसेपछि पक्की घरहरुको एक तला पूरै लेदोले भरिएको छ।मेलम्चीबजारका सडक, पुल पनि बाढीले बगाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार हेलम्बु र मेलम्ची क्षेत्रबाट ६० जनाको उद्धार गरिएको छ।

तीमध्ये केहीलाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौं र धुलिखेलमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार