राजमो ज्येष्ठ सदस्य खप्रसाद बुढाको निधन

English English Nepali Nepali

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका ज्येष्ठ सदस्य खप्रसाद बुढाको निधन भएको छ । फोक्सोको समस्याबाट पीडित बुढाको पछिल्लो समय कोरोना पोजेटिभ देखिएपछि २०७८ असार ३ गते साँझ ५ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको हो ।

९१ वर्षीय बुढाको असार ४ गते बडीगाडस्थित भीमघाटमा दाहसंस्कार गरिएको छ । उहाँको पार्थिक शरीरमा नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजाले पार्टीको झण्डा ओढाउनुभएको थियो ।

जिल्ला प्रवक्ता पाइजाका अनुसार उहाँ नेकपा (मसाल) को पुरानो पार्टीसदस्य हुनुहुन्थ्यो । पार्टीभित्र उहाँको टेकनाम क. झरना रहेको थियो । उहाँले राष्ट्रिय जनमोर्चा र अन्य जनवर्गीय सङ्गठनको विभिन्न समितिमा रहेर काम गर्नुभएको थियो ।

पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्या देखिएपछि उहाँलाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिएको थियो । पछि उहाँलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमै अक्सिजन राखेर उपचार भइरहेको थियो ।

बडीगाड गाउँपालिका–७ असारे माझखेतमा रहँदै आउनुभएका बुढाकी श्रीमतीको पहिल्यै निधन भइसकेको थियो । हाल उहाँका दुई भाइ छोरा र दुई बहिनी छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार