चन्द्रप्रसाद पौडेल
कोयम्बटोर । तामिलनाडुको तिरुप्पुर जिल्लास्थित भिसी एक्सपोर्ट तिरुपुरमा कार्यरत हुँदै आउनुभएका नारायण पौडेलको कोरोना संक्रमणका कारण निधनभएको छ । वहाँ बाग्लुङ नगरपालिका–१३ दौडी (पैयूपाटा) हाल बसोबास चितवन, रत्ननगर नगरपालिका, भानुचौक (टिकौली) बसोबास गर्दै आउनुभएका तोयनाथ पौडेलका छोरा हुनुहुन्थ्यो ।
नारायण पौडेलको कोरोना संक्रमण भै तिरुप्पुर जिल्ला अस्पतालमा उपचारका दौरानमा गत १९ मई २०२१ तदनुसार २०७८ साल जेठ १५ का दिन दुःखद निधन भएको थियो ।
उहाको अन्तिम दाहसंस्कार स्थानिय साथीहरू र मिर्तकको कम्पनिको मालिकको सहयोग र उपस्थितिमा सोही दिन गरियको थियो।
मृतक नारायण पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतूर नगर समिति हार्दिक समवेदना प्रकट गर्दछ ।
















