मध्य दक्षिण क्षेत्रीय सदस्य पत्नी शोकमा

English English Nepali Nepali

नागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य सक्षिण क्षेत्रीय समितिका बैकल्पिक सदस्य सेरबहादुर खड्काकी धर्म पत्नी एवं क्षेत्रीय महिला बिभाग कि सदस्य तथा सेवाग्राम वर्धा नगर समितिकी सदस्य लक्ष्मी खड्काको २६ जुन २०२१ का दिन कोरोना संक्रमणबाट दुःखद निधन भएको छ । वहाँ स्वदेश सुनिल स्मृती गाउँपालिका ६ गजुल रोल्पा स्थायी निवासी हुनुहुन्थ्यो ।

हाल भारतको महाराष्ट्र राज्यको वर्धा जिल्लाको सेवा ग्राममा अबस्थित बापुराओ देशमुख अभियन्त्रीक महाबिद्यालयलाई करिब २७ बर्षबाट कर्मथलो बनाउँदै आउनुभएको थियो । लक्ष्मी खड्का ४६ वर्षको हुनुहुन्थ्यो । खड्काको १२ः१५ बजे निधन भएको समाचारले हामीलाई अत्यन्तै मर्माहित बनाएको छ ।

खड्काको दुखद निधन सिंगो संगठनलाई अपूर्णीय क्षति पुगेको महासचिव ठाकुर खनालले बताउनु भएको छ । सासै सिंहगो संगठनको तर्फदेखि महासचिव खनालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार