धनबहादुर विक र लक्ष्मी खड्काप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले आफ्ना दुई जना पार्टी सदस्यको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । कास्कीका धनबहादुर विक र रोल्पाका लक्ष्मी खड्काप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहले आइतबार शोक विज्ञप्ति प्रकाशित गरी अनुशासित र निष्ठावद्ध सदस्यको मृत्युबाट पार्टीलाई गम्भीर क्षति पुग्न गएको बताउनु भएको छ । शोक विज्ञप्तिमा महामन्त्री सिंहले दुवै सदस्यहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यस्तो छ, शोक विज्ञप्ति
कास्की जिल्ला धुर्ले–४ रूपकोट निवासी कामरेड धनबहादुर वि.क.(का. युद्धवीर)को २०७८ असार १० गते भारतको ओडिसा ब्रम्हापुरमा मुटु रोगको कारण मृत्यु भएको छ । उहाँ हाम्रो पार्टीको सदस्य हनुहुन्थ्यो । उहाँको मृत्युप्रति हामीले गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहँदै आउनुभएका का. धनबहादुर वि.क. मूलप्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिको सदस्य हुनुहुन्थ्यो । उहाँ पूर्वी भारत जिल्ला अन्तर्गत पार्टी समितिमा रहेर कार्यरत रहँदै आउनुभएको थियो । अनुशासित र निष्ठावद्ध सदस्यको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका–६ गजुल निवासी का. लक्ष्मी खड्का(का. लिला)को २०७८ असार १२ गते भारतमा मृत्यु भएको छ । उहाँ हाम्रो पार्टीको सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युप्रति हामीले गहिरो दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । रोजगारीको सिलसिलामा भारतमा रहँदै आउनुभएका का. खड्का मध्य दक्षिण भारत जिल्ला अन्तर्गत सेवाग्राम नगरपार्टीमा कार्यरत हुनुहुन्थ्यो । अनुशासित र निष्ठावद्ध सदस्यको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति पुगेको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

२०७८ असार १३ गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार