किडनी पिडीत थापालाई मूल प्रवाहले गर्यो आर्थिक सहयोग

रोपड, २७ जुन । मूल प्रबाह अखिल भारत नेपाली एकता समाज रोपड़ नगर समितिको पहल एवं केन्द्र, क्षेत्र नगर, एरिया र टोलका कार्यकर्ताहरुको संक्रिय पहलमा किडनी पिडति लोकेन्द्र थापालाई आर्थिक सहयोग गरिएको छ ।

नेपाल घर गण्डकी प्रदेश तनहुँ जिल्ला सेवपुर गाउँपालिका २ निवासीा हाल पञ्जाबको रोपडस्थित थर्मल पलाटमा अस्थायी जागिर गर्दै आएका बम बहादुर थापाका १६ बर्षिय छोरा लोकेद्र थापाको दुबै किटनी खराब भएकोले उपचारका लागि नगर समितिमा आर्थिक सयोगका लागि आएको निवेदनलाई मध्यनजर गर्दै सम्पूर्ण स्तरका कार्यकर्ता एवं शुभचिन्तकहरु बीच आर्थिक संकलन गरि रु. १ लाख ३०० हजारसहयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार