मिडिया मानव समाजको शक्तिशाली माध्यम हो : केसी

खिमराज चालिसे

नयाँ दिल्ली । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले मिडिया मानव समाजको शक्तिशाली माध्यम भएको बताउनुभएको छ ।

केसीले युगदर्शन तथा नेपाली एकताका सम्वाददाताहरुको सैद्धांतिक, वैचारिक तथा पत्रकारीता सम्बन्धीत प्रशिक्षण भर्चुअल विधिबाट सम्पन्न कार्यक्रमको प्रमुख आतिथिको आसनबाट मन्तव्य दिंदै सो धारणा प्रकट गर्नुभएको हो ।

‘नेपोलियन बोनापार्टले हजारौँ सेनासित भन्दा मलाई मिडियासित डर लाग्दछ भन्नुहुन्थ्यो’ उहाँले भन्नुभयो– ‘अहिले त मिडिया झन् धेरै नै शक्तिशाली र व्यापक भएको छ ।’

उहाँले रुसमा बोल्सेभिक कम्युनिस्ट पार्टी स्थापना गर्नुभन्दा पहिले “के गर्ने” पुस्तकमा लेनिनले इस्क्रा (झिल्को) पत्रिकाको भूमिकामाथि अत्यधिक जोड दिएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘हामीलाई थाहै छ, जबसम्म इस्क्रा लेनिनको सम्पादकत्वमा थियो, तबसम्म त्यसले रुसी क्रान्तिमा महत्त्वपूर्ण योगदान दिएको थियो ।’

देशको समसामयिक राजनीतिक परिस्थितिबारे मन्तव्य राख्दै अध्यक्ष केसीले ओलीको प्रतिगामी कदमको विरुद्ध देशव्यापी आन्दोलन अहिलेको सम्पूर्ण गणतान्त्रिक शक्तिहरूको साझा राजनीति रहेको बताउनुभयो ।

उहाँले विश्वभरिका संवाददाताले प्रतिगमनको विरोधसित सम्बन्धित समाचार प्राथमिकताका साथ लेख्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।

त्यसै गरि नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरी ले शुभकामना दिदै क्रान्तिकारी विचारधारा ले लैस पत्रकारहरुले मिसन पत्रकारीता को जीम्वेदारीलाइ शशक्त प्रकारले निभाइरहेका हुन्छन त्यसैले युगदर्शन र नेपाली एकताका सम्वाददाताहरु पनि आफ्नो जीम्वेदारी अझै दृढतापूर्वक निभाउनु हुनेछ भन्ने धारणा राख्नु भयो।

सो प्रशिक्षण कार्यक्रममा युगदर्शनका अध्यक्ष आनन्द शर्माले “पत्रकार र अनुशासन वारे“ युगदर्शनका सह– सम्पादक प्रकास थापा मगरले “पत्रकारीता सम्बन्धी प्रारम्भिक ज्ञान“ र नेपाली एकता का सहसम्पादक धनबीर पुन मगरले “प्रगतिशील पत्रकारीता सम्वन्धमा“ लगाएतका विषयहरुमा प्रशिक्षण दिनुभएको थियो। त्यस्तै सो कार्यक्रममा मूलप्रवाह का महासचिव तथा नेपाली एकता तथा नेपाली समाचारका सम्पादक ठाकुर खनालको पनि आथित्यता रहेको थियो।

युगदर्शन का व्यवस्थापक हरिकान्त पौडयालको अध्यक्षतामा तथा सहसम्पादक प्रकास थापा मगरको संचालनमा सम्पन्न कार्यक्रममा उपस्थिति सबैलाइ युगदर्शनकी डेस्कटा‘प संयोजक लक्ष्मी चौधरीले स्वागत भाषण द्धारा स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार