भाजपाका १२ विधायक एक वर्षका लागि निलम्बन

नयाँदिल्ली । भारतको महाराष्ट्र विधानसभाले भारतीय जनता पार्टीका १२ जना विधायकलाई एक वर्षका लागि निलम्बन गरेको छ ।

विधानसभाका सभामुख भास्कर जाधवलाई उनकै च्याम्बरमा गालीगलौज, धक्का र लडाउन खोजेपछि भाजपाका विधायकलाई निलम्बन गरिएको बताइएको छ ।

उता, भाजपा नेता तथा पूर्व मुख्यमन्त्री देवेन्द्र फडणविसले भने यसरी विधायक निलम्बन गरेर विपक्षीको सङ्ख्या घटाउने कोसिस गरिएको बताए ।

भाजपाले शिवसेनालाई अहिलेको गठबन्धन तोडेर आफूसँग मिली सरकार बनाउन फकाइरहेको बेलामा यो घटना भएको हो ।

महाराष्ट्र विधानसभामा २८८ सिट छ, त्यसमध्ये २९ सिट अनुसूचित जाति र २५ सिट अनुसूचित जनजातिका लागि छुट्याइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार