टोल समिति गठन

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति गुडगाव द्वारा सञ्चालित पूर्वी एरिया समिति अन्तर्गत सेक्टर ५७ सुशान्त लोक पार्ट ३ स्थति श्रमजिवी नेपालीहरु बीच २६ नोभेम्बर २०१९ का दिन क्षेत्रीय समितिका कमल रायमाझीको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले रमा रेश्मी मगरको अध्यक्षतामा टोल समिति गठन गरिएको छ । जसमाः सचिव– दिपक परियार, कोषाध्यक्ष– विष्णु नेपाली, सदस्यहरुमा : वसन्त केसी, मिशन जिएम, पुरण रेश्मी र एक स्थान रिक्त राखिएको छ ।

त्यस्तै सोही नगर समिति एवं सोही एरिया समिति अन्तर्गत गिता सुनार र आनन्द विकको पहल तथा क्षेत्रीय समितिका कमल रायमाझी, विष्णु विक, दिल बहादुर सुनारको उपस्थितिमा टोल समिति गठन गरिएको छ । जसमाः अध्यक्ष– पुनम सुनार, उपाध्यक्ष– सुन्तली सुनार, सचिव– गिता सुनार र कोषाध्यक्ष– मञ्जु सुनार रहेका छन् । त्यस्तै सदस्यमाः सविना विष्ट, सिता सुनार, दिलमाया“ सुनार र निशा सुनार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार