- खिमराज चालिसे (चण्डीगढ)
आफ्नै आँखा मिच्दै अरुलाई कुरीकुरी नभन साथी ।
हिडिरहेको बाटो बिराएर अदृष्य बाटो नहिड साथी ।।
प्रगतिपथमा थियौ, त्यसैले त सम्मान पनि पायौ ।
बिडम्बना तिमीले अनन्त यात्राका यात्रीलाई धोका दियौ ।।
आफ्नै आँखा ……………………………………………
हिडिरहेको बाटो ……………………………………….
सुन्छु तिमीलाई आजभोली बिछोडको वेदना पर्या छ रे ।
सुस्त–सुस्त तिमी कोठा भित्रभित्रै पो रोइरहेका छौ रे ।।
बरु अब डाँकै छोडेर रोउ साथी, मन हलुका होला ।
पश्चाताप गरी गल्ती स्वीकार गर्ने हिम्मत राम्रो होला ।।
आफ्नै आँखा ………………………………………..
हिडिरहेको बाटो ……………………………………..
लुकेर अब नरोउ साथि चौबाटो मै रुने हिम्मत गर ।
तिम्रो वेदना सबला भन “गल्ती भयो” भन्ने हिम्मत गर ।।
बाटो अझै अनन्त छ सिधै हिंडने साहास गर ए साथी ।
अरुको इशारामा हिडने होइन अन्ततः सोंच ए साथी ।।
आफ्नै आँखा ……………………………………………
हिडिरहेको बाटो ……………………………………………
ए साथी ! तिमीसँग मैले भने कैयन आशा लिएको थिए ।
हातेमालो गर्दै संगै हिडने योजना नै बनाएको थिए ।।
तर तिमी आज बिच बाटो मै यसरी किन रोकिएका छौ ?
हामीले बारम्बार रोक्दा वुझाउँदा पनि झन टाढा गयौ ।।
आफ्नै आँखा……………………………………………
हिडिरहेको बाटो ……………………………………………
















