खेलकुदको वार्षिकोत्सवका अवसरमा मूल प्रवाहको टोल समिति गठन

खिमराज चालिसे,

चण्डीगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति अन्तर्गत सेक्टर २८ मा ‘प्रगतिशील सेक्टर २८’ टोल समिति गठन गरिएको छ ।

मूल प्रवाह सेक्टर २८ टोल समिति र खेलकुद ग्राउण्डको संयुक्त आयोजनामा महिला खेलकूदको वार्षिक उत्सवको अवसरमा सो समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा तारा ज्ञावली चयन हुनुभएको छ । अन्य पदाधिकारीहरुमा सचिव इन्दिरा पौडयाल, कोषाध्यक्ष देवी थापा र सदस्यहरुमा सुनिता र तिर्था भुसाललगायत हुनुहुन्छ ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले खेलकूद, भेला, प्रशिक्षण, छलफल तथा विभिन्न सामुहिक कार्यक्रमहरु संगठनको विकास विस्तारको अभियानको एक रुप भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमले संगठन मजबुत पार्ने धारणा व्यक्त गर्नुभयो।

केन्द्रीय सल्लाहकार तथा नेपाली एकताका संयोजक खिमराज चालिसेले कार्यक्रमको औचित्यतामाथि प्रकास पार्दै नव निवार्चित टोल समितिको नामावली घोषणा गर्नुभएको थियो ।

त्यस्तै, सुदूरपश्चीमोत्तर क्षेत्रीय सल्लाहकार तथा क्षेत्रीय महिला विभागकी सचिव जुना चालिसेले नव निर्वाचित पदाधिकारीहरुलाई टिका लगाएर सम्मान गरि शुभकामना दिनुएको थियो भने नगर अध्यक्ष मानबहादुर केसीले बधाई तथा शुभकामना दिनुभएको थियो ।

एरिया सदस्य लक्ष्मी अधिकारीको सञ्चालनमा तथा बिष्णु अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा सरस्वता भुसालले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार