काठमाडौं । राजनीतिज्ञ, इन्जिनियर डा. सूर्यराज आचार्यले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन ‘एमसीसी’ कम्प्याक्ट सम्झौता संसदबाट जस्ताको तस्तै पारित गर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
बुधबार सामाजिक सञ्जालमा ट्वीटरमार्फत आचार्यले चर्चामा रहेको प्रतिगमन भन्दा निकै गम्भीर प्रकृतिको एमसीसी कम्प्याक्ट संसदबाट जस्ताको तस्तै पास गर्ने प्रपञ्च सुनिँदैछ भन्दै बेलैमा खबरदारी गर्न आग्रह गर्नुभएको छ ।
स्मरणीय छ, विवादित एमसीसी सम्झौता पारित गर्न यसअघि नै तत्कालिन प्रधानमन्त्री केपी ओली र बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका थिए ।
हालका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उर्जामन्त्री भएका बेला अमेरिकासँग सो सम्झौता गरिएको थियो । त्यसले गर्दा बर्तमान सरकारले एमसीसी अघि बढाउने सम्भावना देखिएन्छ । तर, एमसीसीविरुद्ध संसदभित्र र बाहिर रहेको ठूलो जनमतका कारण सहजै पारित हुने सम्भावना भने कमै छ ।















