मूल प्रवाहद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

बिकानेर (राजस्थान) । क्यान्सरबाट पिडित व्यक्तिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरले आर्थिक सहयोग गरेको छ । जिल्ला प्यूठान, झिम्ररुक गाउँपालिका अर्गेली निवासी ५२ वर्षीय कबिराज पोखरेल क्यान्सरबाट पिडित भै उपचारको लागि राजस्थानको बिकानेर आएका थिए ।

करिब ६ महिना पहिला उनको अपरेशन भएको थियो । हाल डाक्टरको सल्लाह अनुसार उनलाई यहाँ राख्नु भन्दा नेपाल लैजानु उचित हुने भएकोले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरले आफ्ना कार्यकर्ताहरुबाट आर्थिक संकलन गरि पोखरेललाई सहयोग गरेको हो ।

यसरी सहयोगदाताहरूबाट संकलित सहयोग रकम भा.रु. ७०५०/– सात हजार पचास रुपये प्रदान गरि क्यान्सर पिडित कबिराज पोखरेललाई १४ जुलाई २०२१ का दिन स्वदेश पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार