मूल प्रवाह जालन्धर नगर सदस्य किरण पुनलाई स्वदेश विदाई

जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर नगर सदस्य किरण कुमार पुनलाई नगर समितिले प्रवासबाट स–सम्मान विदाइ गरिएको छ । पुन सन २००८ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर क्रियाशिल भई हाल जालन्धर नगर समितिका सदस्य हुनुहुन्थ्यो ।

प्राइवेट जागिरबाट स्वैच्छिक सेवानिवृत किरण कुमार अत्यन्त मिलनसार र सक्रिय रहेको चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय पार्षद लक्ष्मण खड्का, क्षेत्रीय महिला विभाग सदस्य जमुना गाहा, नगरबाट लक्ष्मण केसी, तिल बहादुर थापा, जुगलाल बुढामगर, याम बहादुर थापा, चन्द्र बसेल, माया श्रेष्ठ, जीवन कुमार र दिलाराम सुवेदी लगायत हुनुहुन्थ्यो ।

नगर सचिव दिल बहादुर गाहाको सञ्चालन तथा नगर अध्यक्ष जीतमान थापाको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा स्वागत भाषणद्धारा स्वागत हिमप्रसाद सुनामले स्वागत गर्नुभएको थियो । २०३१ सालदेखि मसाल समर्थक रहेको बताउने किरण कुमार पुन बाग्लुङ जिल्ला निसी गाउँपालीका १ स्थायी निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार