मूल प्रवाहको झण्डा उँचो राख्न प्रतिवद्ध छौं : खनाल

चेन्नई उत्तर, २१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज माथि विभिन्न समयमा विभिन्न खाले अवसरवादी तत्वहरुले हमला गर्दै आइरहेता पनि संगठनका सचेत कार्यकर्ताहरुले संगठनको क्रान्तिकारी झण्डालाई उचो राख्न प्रतिवद्ध भएको समाजका महासचिव ठाकुर खनालले बताउनु भएको छ ।

खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्री समिति अन्तर्गत चेन्नई उत्तर नगर समितिको सोह्रौं नगर सम्मेलन पछिको प्रथम भेलालाई सम्बोधन गर्दै सो धारणा प्रकट गर्नु भएको हो ।

“अवसरवाद संगठन भित्रैका नेता कार्यकर्ताहरुमा पलाएको रोग हो, बाह्य आक्रमणलाई सजिलैसँग परास्त गर्न सकिन्छ भने अवसरवादीहरुले भ्रम सृजना गरेर भित्रैबाट हमला गरिरहेका हुन्छन् । त्यसका लागि आफूले लामो समयसम्म काम गरेको दुहाई पनि दिने गर्दछन् । यो बैंकमा पूँजी लगानी गरे जस्तो होइन । जीवन भरि व्याज पाइरहने । संगठनमा निरन्तर सक्रियता, इमान्दारीता एवं सांगठनिक अनुशासनको आवश्यकता हुन्छ । संगठनको अनुशासन उल्लंघन गर्ने जोसुकैलाई पनि संगठनले उनीहरुले संगठनलाई पूर्व योगदानको आधारमा संरक्षण गर्न सक्दैन ।” खनालले भन्नु भयो– “प्रवासमा रहेका नेपालीहरूको अभिभावकको रूपमा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई विभिन्नखाले अवसरबादीहरुले स्थापना कालदेखि नै भ्रम सृजना गर्ने र संगठनको छविलाई धुमिल्याई संगठनलाई दिशा विहिन बनाउने प्रयत्न गर्दै आएका थिए । ति सबै प्रयत्नहरुलाई संगठनका सचेत कार्यकर्ताहरुले चिरफार गर्दै मूल प्रवाहको झण्डालाई उँचो राख्दै आएका छन् ।”

“अहिले पनि मूल प्रहावमा त्यस्ता खाले छद्यमवेषी तत्वहरुले मूल प्रवाहलाई बदनाम गरि दिशा विहिन बनाउन खोजिरहेका छन् । ती सबै तत्वहरुलाई मूल प्रवाहका सचेत कार्यकर्ताहरुले प्रास्त गर्दै अगाडि बढिरहेका छन् ।” खनालले अगाडि भन्नु भयो– “मूल प्रवाहलाई अझ मजबुत र शसक्त बनाउन भारत प्रवासमा छरिएर रहेका सम्पूर्ण श्रमजिवी नेपालीहरु संगठन हुन आवश्यक छ ।”

मानबहादुर केसीको अध्यक्षता र कोटी प्रसाद पोखरेलको सञ्चालनबाट अगाडि बढेको सो भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालको प्रमुख आतित्थ्यता रहेको थियो । भेलामा उपस्थित सहभागिहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिका सदस्य तेजेन्द्र पुनले शब्दबाट स्वागत गर्नुभएको थियो ।

भेलामा केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापा, केन्द्रीय सचिव जनकराज पौडेल, सदस्य मदन शर्मा, दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, पूर्व नगर समितिका लक्ष्मण चालिसे लगायतले आतित्थ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

नयाँ समितिको प्यानल र कार्यकारीणीको घोषणा क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । भेलाले गोपाल विकको अध्यक्षतामा १३ पूर्ण, ४ वैकल्पिक र ५ सल्लाहकार गरि २२ सदस्यीय नगर संगठन समिति निर्माण गरेको छ । जसमाः उपाध्यक्ष– तेजेन्द्र पुन, सचिव– रमेश विसी, सहसचिव– कपिल मणि शर्मा, कोषाध्यक्ष– विष्णुबहादर सुनार रहनुभएको छ । त्यस्तै सदस्यमाः कोटी प्रसाद पोख्रेल, काशीराम शर्मा, भवानीप्रसाद गोराथोकी, रेशम बहादुर थापा, मान बहादुर केसी, नारायण पौडेल, फनाराम कलाथोकी र एक स्थान रिक्त ।

बैकल्पिक सदस्यमा : रवि प्रसाद अधिकारी, विष्णुबहादुर थापा क्षेत्री, धर्मराज शर्मा र पदम गिरी रहनुभएको छ । त्यस्तै भेलाले राम प्रसाद चौधरी, रुद्र प्रसाद पोखरेल, देवि थापा क्षेत्री र दिलीप सुनारलाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त रहेको छ ।

नव निर्वाचित समितिलाई केन्द्रीय कोषाध्यक्ष कुल बहादुर थापा, महासचिव ठाकुर खनाल, दक्षिण भारत क्षेत्रीय सल्लाहकार तथा पूर्व नगर समितिका उपाध्यक्ष ओमकान्त शर्माले बधाई दिनुभएको थियो ।

उपस्थित प्रतिनिधि पर्यवेक्षक र अतिथिहरुलाई आयोजक समितिको तर्फबाट नगर सदस्य नारायण पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार