हेपाटाइटिस दिवशको शुभकामना

प्रत्येक वर्षको २८ जुलाईका दिनलाई विश्व हेपाटाइटिस दिवशको रुपमा मनाइन्छ । यो दिन हेपाटाइटिस रोगका खोजकर्ता भनेर चिनीने प्रसिद्घ वैज्ञानिक तथा हेपटाइटिस बि भाइरसको खोजीकार्यका लागि नोबेल पुरस्कार बिजेता डा. बारुख ब्लंबरबर्गको जन्मदिनको अवसरमा संसारभर हेपाटाइटिस दिवशको रुपमा मनाइने गरिएको हो ।

वर्षौदेखि संसारभरका डाक्टर, विशेषज्ञ, वैज्ञानिक र औषधी विज्ञानलाई समेत चुनौति बनेको हेपाटाइटिस रोग मानव जातिको लागि सबैभन्दा खतरनाक रोगको रुपमा विश्व समुदाय सामु अगाडि आइरहेको सन्दर्भमा वर्ष २०३० सम्म हेपाटाइटिस मुक्त संसारको परिकल्पना सहितको महत्वपूर्ण लक्ष्यलाई केन्द्रीत गर्दै रोगप्रति जनचेतना फैलाउदै रोगका बचाउ तथा रोगथामको उपायहरू सर्वसाधारण सामु पुराउने उद्धेश्यले शुरु गरिएको यो दिवशले स्वास्थ्य क्षेत्रमा सम्भावनाहरु खोज्ने र रोगीलाई नयाँ आशा दिने काम गरेरहेको छ । अझ यो वर्ष २०२१ को २८ जुलाइलाई “इलिमीनेट हेपाटाइटिस” अर्थात “हेपाटाइटिस निर्मुल पारौ” भन्ने नाराको साथ मनाईने हुँदा यसको महत्व अझै बढि हुने हामीजस्ता लाखौ हेपाटाइटिस संक्रमितहरुको रहेको छ ।

आजको विज्ञान तथा प्रविधि सम्पन्न युगमा पनि प्रतिवर्ष करिव १५–२० लाख रोगीले ज्यान गुमाउने र करिव ४० करोड भन्दा बढि मानव समुदायले यसको संक्रमण भोगीरहेको हेपाटाइटिस मध्ये अझै घातक रोग हेपाटाइटिस बी समेत सबैप्रकारका हेपाटाइटिस रोगको लक्ष्यण, कारण, उपचार र सतर्कता बारे अनभिज्ञ बनेर कैयनले ज्यान गुमाइरहेको अवश्थामा तथा कैयनले यो रोग भंयकर रुपलाई एकतर्फी बुझेर मात्रै आफु संक्रमित भइसकेको थाहा पाएर आत्मबल कमजोर पार्दै असमयमा नै संसार छोडन पर्ने तितो यथार्थलाई चिर्दै कैयन मान्छेलाई रोगको विरुद्ध लडने उर्जात्मक खुराकको रुपमा अहिलेको हेपाटाइटिस दिवशले मिलको पत्थरको रुपमा काम गर्ने अनुमानको साथ यो वर्ष हेपाटाइटिस दिवश खासै महत्वपुर्ण रहने छ ।

यो लेखमा हेपाटाइटिस रोग बारे लेख्दा रोगका कारण, लक्ष्यण, उपचार र रोकथाम बारेमा लेख्नु उपयुक्त हुन्थ्यो, तर आफु धेरै विज्ञ नभएको कारण म सामान्य हेपाटाइटिस दिवशको सन्दर्भमा परिचय दिने प्रयास गरेको छु ।

हेपाटाइटिस कस्ता कस्ता छन ?

अहिलेसम्मको अनुसन्धानमा हेपिटाइटिस रोग ५ किसीमका रहेका छन् । त्यी हुन हेपाटाइटिस ए, बी, सी, डी र इ । हेपटाइटिस रोगको विषयमा राम्रोसँग बुझ्न यी रोगलाई दुई समूहमा विभाजन गर्ने गरिएको छ ।

समूह “क” मा हेपाटाइटिस ‘ए र इ’ अर्थात यो समुहको रोग छिट्टो निको हुनसक्ने रोग हो तै पनि ए र इ भाइरस संक्रमण भएको रोगीमा १० देखि ४० दिनभित्र लक्षणहरु देखापर्ने हुँदा यो रोगलाई पनि कम आँकलन गर्नु भने हुदैन । किनकी हेपाटाइटिस ए र इ प्रदुषित खाना, पानीबाट सर्ने रोग हो र संक्रमितको जुठो खाँदा पनि रोग फैलन सक्ने सम्भावना हुन्छ तर पनि यो रोगलाई विज्ञहरु प्राणघातक रोग मान्दैनन् ।

दोश्रो हो समूह “ख” यो समुहमा हेपेटाइटिस बी, सी र डी पर्दछन् । यो रोग संक्रमितले प्रयोग गरेको सिरिन्जको प्रयोगबाट, संक्रमितको रगतबाट सर्ने तथा असुरक्षित यौन सम्वन्धबाट सर्ने रोग हो भनिन्छ । हेपाटाइटिस बि सबैभन्दा खतरनाक रोग मान्ने अर्को कारण हो रोगीको शरिरमा भाइरस प्रवेश गरेपछि लाग्ने रोग हो । सामान्य लक्षणहरु देखिन पनि १८० दिनदेखि वर्षौ लाग्न सक्छ । अझ कैयनलाई त जीवनभर पनि थाहा नहुन पनि सक्छ । यो समुहमा पनि हेपाटाइटिस बी सबैभन्दा खतरनाक रोग हो भनिन्छ । नेपालमा पनि यो रोग करिब एक प्रतिशत (.९%) जनसंख्यामा संक्रमण भएको ठहर विश्व स्वास्थ्य संगठनको आँकडामा पाइन्छ । हेपाटाइटिस बी पनि दुइ श्रेणीहरुमा बिभाजन गरेको छ १ एक्युट– यो सामान्य अवश्थाको रोग हो २ क्रोनिक हेपाटाइटिस क्रोनिक हेपाटाइटिस अती नै घातक रोगको रुपमा बुझिन्छ ।

हेपाटाइटिस बी कसरी रोक्ने ?

यो रोगलाग्नु पूर्व भ्याक्सीन (खोप) लगाएर रोगको संक्रमण रोक्ने कुरामा जोड दिइएता पनि संक्रमण पछि हेपाटाइटिस बी रोग निको हुनसक्ने भन्दा पाइदैन । बजारमा उपलब्ध औषधिहरुको मुख्य रुपमा रोगीको एचविभी डिएनए वाइरल लोड घटाएर स्थिर अवश्थामा ल्याउने मात्र काम गर्दछ । तर निकट भविष्यमा औषधि आउने विश्वास डाक्टरहरुको रहेको छ । तर जबसम्म औषधि बन्न सक्दैन तबसम्म रोगको रोकथामको लागि सामाजिक गतिविधीहरु मार्फत व्यापक स्तरमा जनचेतना फैलाउँदै गएमा मात्र रोगलाई केही हदसम्म रोक्न सकिने छ ।

अन्यथा अहिले पनि कैयन मानिस हेपाटाइटिस भन्ने बित्तिकै डराउने तथा विमारीहरुबाट टाढा रहने पनि गरेको डरलाग्दो सामाजीक परिवेश झनझन जर्जर बन्दै जाने छ प्रायस हाम्रो समाजमा रोगको प्रवृती नवुझी विमारीहरु प्रति घृणा गर्ने र अछुत सम्झने पनि गर्ने ग िरन्छ त्यो कार्यलाई रोक्न तथा समाजमा प्रभावकारी रुपले हेपाटाइटिस रोग बारे जनचेतना फैलाउँदै रोगबाट बचाउ तथा रोगलाई रोगथामको उपायहरू सर्वसाधारण जनताको घरदैलोमा लैजाने र रोग, बेरोजगारी तथा भोकले त्राहि त्राहि मानव समाजमा खासगरि निम्न वर्ग जसले हेपाटाइटिस जस्तो रोगको महंगो उपचार गर्न सक्दैन, त्यी गरिब निमुखाहरुको लागि हेपाटाइटिस दिवशले नयाँ आशा नयाँ विश्वास तथा धेरै बर्ष बाच्ने उर्जा दिन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकोस । वर्ष २०३० सम्म हेपाटाइटिस मुक्त संसारको सुन्दर सपनाले मुर्त रुप पाओस यहि शुभकामना छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार