स्वर्गद्वारी नपा ४ मा राजमो भेला सम्पन्न

भिंग्री । प्यूठान –१३ साउन २०७८का दिन राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगरपालिका ४ को भेला सम्पन्न भएको छ ।

चुमानसिंह केसीको अध्यक्षता, विष्णु विकको सञ्चालन र ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण पछि द्रोण बहादुर रावलको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काको प्रमुख अतित्थ्यता रहेको थियो ।

भेलामा जिल्ला सदस्य इन्द्रबहादुर खड्का, थम्मन बहादुर बुढा, नगर सदस्य शिव पन्थीले शुभकामना दिनुभएको थियो । भेलाले बिरमान विकको अध्यक्षतामा ९ पूर्ण २, वैकल्पिक सल्लाहकार २ गरि जम्मा : १३ सदस्यीय वार्ड समिति गठन गरेकोछ ।

उपाध्यक्षमा– चुमान सिंह केसी, सचिव– द्रोण रावल, कोषाध्यक्ष– हुमा घर्ति, सदस्यहरूमाः रामबहादुर रावल, विष्णु वि.क., पार्वती खड्का, टेकबहादुर वि.क., मनिका सुनार, वैकल्पिक सदस्य दुई स्थान रिक्त रहने गरी, बिष्नु योगी, बुद्धिराम श्रेष्ठलाई सल्लाहकार समितिमा राखिएको छ ।

अन्तिममा जिल्ला सदस्य तथा वार्ड नं. ६ का वार्ड अध्यक्ष, गिरबहादुर गुरुङ्गले नबनिर्बाचित समितिलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार