गजल : गोर्खालीको तागत

केशव गाहा (पाल्पाली)

सीमानामा जानु छ दुश्मन भगाउनु छ
खोसिएको हाम्रो त्यो जमिन फर्काउनु छ

चन्द्र सूर्य अंकित हाम्रो नेपालको झण्डा
टिस्टा देखी महाकाली सम्म फैलाउनु छ

शासकले कुट्नैतिक पहल पनि गर्दैनन्
जनताले अदम्य साहस देखाउनु छ

सिक्किमीकरणबाट यो देश बचाउन
संघर्षको मैदानमा युवा पठाउनु छ

सानो देशले ठूलो देशलाई ढलाएर
कति छ गोर्खालीको तागत बताउनु छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार