हात थाप्नु हुन्न

काशीराम शर्मा (चेन्नई)

ढले पनि धरहरा, आस्था ढलेको छैन
टुटेपनि दरबार, विस्वास टुटेको छैन
भत्केपनि मन्दिर, इतिहाँस भत्केको छैन
गुमेपनि बस्तीहरु, पौरख गुमेको छैन ।

चर्केपनि पर्खालहरु, नाता चर्केको छैन
फाट्यो होला धर्ति, बिचार फाटेको छैन
मरेपनि मानिसहरु, साहस मरेको छैन
गुमेपनि सन्तानहरु, हिम्मत गुमेको छैन ।

चोट होलान् शरीरमा, स्वाभिमानमा छैन
खत होला जिउभरि, राष्ट्रियतामा छैन
सुतेपनि यो सरकार, हामी सुत्नु हुन्न
बाँचेका छौं हामी, त्यसै बस्नु हुन्न ।

सिंगार्नु छ देशलाई, ढल्न दिनु हुन्न
सजाउनु छ नेपाल यो, गल्न दिनु हुन्न
उठौ अब हामी युवा, हिम्मत हार्नु हुन्न
आफै बनाऔं देश यो, हात थाप्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार