- जुना भण्डारी चालिसे
भारतको गल्ली गल्ली मूल प्रवाहको लहर ।
हसिया र हथौडाको झण्डा फरर ।।
संघर्ष गर्नलाई नपरौं है पछाडी ।
मूल प्रवाहको सदस्यता बनौ बरिलै ।।
संघीयता हटाउने मूल नारा हाम्रो छ ।
आउनुस सबै एकै हुनुहोस संगठन राम्रो छ ।।
अनुशासन लागु हुन्छ, भन्छौ हामी सबैलाई ।
मूल प्रवाहको झण्डा बोकी हिडौं बरिलै ।।
अन्यायमा परेकालाई न्याय दिने संगठन हो ।
मूल प्रवाहको अखबार लाउनुस साथी हो ।।
संगठीत हुन अब बिगुल फुक्नुस भन्छौ सबलाई ।
नेपाली समाचार पढ्नुस बरिलै ।।
एमसीसी र संघीयता खारेज गर्ने नारा हो ।
उठ जाग बस्ती बस्ती सर्बहारा हो ।।
हाम्रो बाटो अपठ्यारो छ नथाक्नु है कहील्लै ।
मूल प्रवाहको झण्डालाई उंचो राखौ बरिलै ।।
बिचल्लीमा परेकालाई साथ दिने संगठन हो ।
मूल प्रवाहको झण्डामुनी आउ साथी हो ।।
लेख्दा केही गल्ती भए दिनु होला सोरी है ।
मूल प्रवाहको सदस्यता बनौ बरिलै ।।















