रुपन्देहीको तिलोतमा जनमोर्चाको बिरोध सभा

टेकराज भुसाल (टेकु)

बुटवल । राष्ट्रिय जनमोर्चा तिलोतमा नगरपालिकाको आयोजनमा तिलोतमाको सिमरा बजार र टिकुलिगढमा बिरोध सभा सम्पन्न गरेको छ ।

सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले भारतले नेपाललाई पनि सक्किम जस्तै गरी लाने षडेन्त्रका साथ काम गरिरहेको बताउनु भयो । त्यसका लागि सचेत राष्ट्रभक्ति नेपाली जनता चुप लागेर बस्ने अवस्था नभएको बताउदै उपाध्यक्ष आलमले भन्नु भयो– “अव नयाँ प्रकारको राष्ट्रवादी आन्दोलन आवस्यकता छ । देशको सीमा रक्षाका लागि अव नयाँ किसिमले आन्दोलनको उठान गर्नु पर्ने आवश्यकता छ ।”

कार्यक्रममा नेकपा (मसाल) रुपन्देहीका प्रबक्ता नारायण जिसी, राष्ट्रिय जनमोर्चा रुपन्देहीका सचिब टान बहादुर केसी, तिलोतमा नगरपालिका राजमो अध्यक्ष रुक बहादुर पराजुली लगायता नेताहरुले बोल्दै भारतीय हेपाहा प्रवृतिको विरोधमा एक जुट हुने बताए । सरकारले समयमा कुटनीतिक रुपमा समस्याको समाधन नगरेमा आन्दोलन चर्काउने वक्ताहरुले चेतावनी समेत दिएका थिए ।

बिचबिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारले जनबादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार