मसालका ज्येष्ठ सदस्य धनकला आचार्यको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का ज्येष्ठ सदस्य धनकला आचार्यको निधन भएको छ । १०२ वर्षीया धनकला (क. गंगा) को बिहीबार भरतपुर महानगरपालिका–९ शरदपुरमा निधन भएको हो ।

आचार्यको निधनप्रति नेकपा (मसाल) ले गहिरो दुःख प्रकट गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आज शोक वक्तव्य प्रकाशित गरी ‘एक सहयोगी र स्नेही अभिभावकलाई गुमाएको’ बताउनुभएको छ ।

बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा विस. १९७६ मा जनमनूभएकी धनकला लामो समयदेखि पार्टी सदस्यको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँको परिवार बाँकेको कोहलपुरबाट केही वर्षअघि चितवन बसाईं सरेको थियो ।

उहाँका छोरा बुहारी टंक आचार्य र बालकुमारीसमेत नेकपा (मसाल) निकट विभिन्न जनवर्गीय संगठनमा रहेर काम गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार