रेल दूर्घटनामा परि मृत्यु भएका चित्र बहादुर खत्रीको मूल प्रवाहद्वारा दाहसंस्कार

चन्द्र प्रसाद पौडेल

कोयम्बतुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रेल दुर्घटनामा परि निधन भएका एक जना नेपाली श्रमिकको दाहसँस्कार गरेको छ । रोल्पा जिल्ला सुनील समृति गाउँपालीका– ५, घोडागाउँका टेक बहादुर खत्रीका छोरा चित्र बहदुर खत्री वर्ष ५० लाई दाहसंस्कार गरेको हो ।

जागिरको शिलसिलामा स्वदेशबाट हिडेका निज २७ जुलाई २०२१ का दिन भारतको दिल्ली निजामुदिनदेखि केरलाको कोचिन आउने क्रम्ममा तमिलनाडुको तिरुप्पुर जिल्लामा हिंड्दै गरेको रेलबाट खसेर दुःखद निधन भएको थियो ।

उक्त घट्नाको जानकारी तिरुप्पुर जिल्ला रेल्बे पुलिस प्रशासनले नेपाल रोल्पा पुलिस प्रशासनमा जानकारी दिएपछी मृतकको घरबाट भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको केन्द्रीय कार्यालय नयाँ दिल्लीमालाई जानकारी आए पछी दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेललाई सम्पर्क गरिएको थियो ।

पौडेलले कोयम्बतुर नगर समिति र इरोड नगर समितिलाई जानकारी गराउनुभएको थियो । घटनाको जानकारी पाउना साथ कोयम्बटोर नगर समितिका रबिशंकर शर्मा, चन्द्र प्रसाद पौडेल, राम बहादुर शेन र ईरोड नगर समितिका खिमानन्द शर्मा र मृतकका आफन्तहरू सहित घटना स्थलमा पुग्नुभएको थियो । वहाँहरुको उपस्थितिमा ३१ जुलाई २०२१ का दिन तिरुप्पुर जिल्ला रेलवे पुलिस थानाबाट आबस्यक कानूनी प्रक्रिया पुरा गरी सरकारी अस्पतालमा पोस्टमार्टम पछि तिरुपुरको संशानघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

सोही स्थानमा चन्द्र प्रसाद पौडेलको सञ्चालन र खिमानन्द शर्माको अध्यक्षयतामा शोक सभा सम्पन्न गरिएको थियो । शोक सभामा मृतक चित्र बहादुर खत्रीप्रति १ मिनेट मौनधारण पश्चात केन्द्रीय परिसद सदश्य तथा क्षेत्रीय प्रतिनिधि रविशंकर शर्मा, नगर सह–सचिब राम बहादुर सन र मृतकका भतिज छोरा बसन्त अधिकारीले शोक मन्तब्य दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार