- जानकिदेवी बिसी, कोचिन
राजतन्त्र फालेर गणतन्त्र ल्याएको,
हे… दिदिबहिनी हो गरिब दुःखि एकजुट बनेर ५………
गणतन्त्र आयो शोषक सबै फेरिए,
हे… दिदीबहिनी हो हाम्रो दुःख झनै बढियो । ५………
१३ वर्षे निर्मला बलात्कार गरि मारेकि,
हे… दिदीबहिनी हो अन्यायमा झनै परेकि । ५………
महिला हामी धेरै अन्यायमा प¥या छौं,
हे… दिदिबहिनी हो सङ्गठित बनी सरक्षण आफै गर्ने हो । ५…….
२०७२ संविधान महिला आरक्षण धरापमा,
हे… दिदीबहिनी हो गणतन्त्र प¥यो खराबमा । ५………
बुर्जवा गणतन्त्रमा महिला मुक्ति हुँदैन,
हे… दिदीबहिनी हो जनबादी क्रान्ति गर्न उठौन । ५…………
महिला हामी संगठित भई देशको मुहार फेर्नुछ,
हे… दिदीबहिनी हो जनबाद आउनै पर्ने छ । ५………..
हे… दिदीबहिनी हो जनबाद आउनै पर्ने छ,
हे… दिदिबहिनी हो जनबाद आउनै पर्ने छ । ५……….















