कोयम्बटोरमा निधन भएका केशवराज बैजालीको मूल प्रवाहद्वारा दाहासंस्कार

चन्द्रप्रसाद पौडेल

कोयमबटोर, ५ अगस्त । रोजगारीका दौरानमा तामिलनाडुको कोयम्बटोरमा पुगि निधन भएका नेपाली श्रमिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ ।

प्युठान स्वर्गद्वारी नगरपालिका– ९ निवासी हस्त बहादुर बैजाली मगरका ४६ वर्षीय छोरा केशबराज बैजाली मगर रोजगारीको शिलसिलामा स्वदेशबाट १ अगस्त २०२१ का गोन्डाबाट रेल चढी ३ अगस्त २०२१ का दिन कोयम्बतुर पुगेका थिए । केशबराज साथ मै रहेका रेशम थापा र गेगराज थापासँग कोयम्बतुर रेल्वे स्टेशनको प्लाटफार्मबाट बाहिर निस्किने क्रममा चक्कर लाग्यो भनेको बताए ।

कोयम्बतुर नसका उपाध्यक्ष रेशम थापा र उहाँका छोरा गेगराज थापाले पानी खुवाउँदा ख्वाउँदै उहाँकै काखमा दुःखद निधन भएको रेशम थापाले जानकारी गराउनुभयो । उक्त घटनाको जानकारी रेल्वे पुलिस थानामा जानकारी गराएपछी चेकजाँच गर्दा मृत्युभएको पुष्ठि भएपछी मृतक केशबराज बैजाली मगरको पार्थिव शरीर कोयम्बतुरको सरकारी अस्पतालमा राखिएको थियो ।

उक्त जानकारी उहाँको परिवारलाई गराएपछी रेशम थापा कोयम्बतुरको लागि हिंडेको बताए । ५ अगस्त २०२१ का दिन मृतकका आफन्तहरु कोयम्बटोर पुगेपछि पुलिस प्रशासनको प्रक्रिया मिलाएर अन्तिम दाहसंस्कार कोयम्बतुरस्थित आत्तुपालमको संशानघाटमा गरिएको छ ।

दाहसंस्कारको स्थानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बटोर नगर समितिले शोक सभा सम्पन्न पारेको छ । मृर्तकका भाइ रमेश बैजाली मगरको अध्यक्षता र नगर सचिव चन्द्रप्रसाद पौडेलको सञ्चालनबाट अगाडि बढेको सो शोक सभामा मृतकको संझनामा १ मिनेट मौनधारण गरिएको थियो । शोक सभामा मूल प्रवाहका केन्द्रीय परिषद् सदस्य रबिशंकर शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य नरेन्द्रकुमार नेपाली, कोयम्बटोर नगर उपाध्यक्ष रेशम थापा, इरोड नगर समितिका अध्यक्ष भिमलाल शर्मा, आफन्त लेखराज ठेडी मगर र पुनाराम ठेडी मगर लगायतले शोक मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार