- जुना चालिसे
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतस्थित नेपालीहरुको सामाजिक संगठन हो । निश्चत रुपमा सामजिक संघ संस्थाहरुको पनि राजनैतिक विचार, पथप्रदशक सिद्धान्त पनि हुन्छ । यसरी भन्नु पर्दा हाम्रो संगठनको नेकपा (मसाल) र राजमोलाई सैद्धान्तिक र राजनैतिक रुपमा घनिष्ठ सम्बन्ध राख्दछ । भारतमा मूल प्रवाहका सम्पूर्ण कार्यकर्ताहरुले ने.क.पा. (मसाल) र राजमोलाई प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग समर्थन गरि नै रहेका छन् । अझ एकता समाजको स्थापनामा नै नेपाली कम्युनिष्ट आन्दोलनका शिर्ष नेताहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको तथ्यले यो कुरा सबैलाई स्पष्ट हुन्छ ।
साँचो कुरा भन्नुपर्दा राजनीतिको कखरा पढने हामी जस्ता थोरै पढेका महिलाहरुले पनि यो कुरा ढुक्कसँग बताउन सक्छौ कि कुनै मानिस हाम्रो या कसैको पनि संगठनमा छैन भने त्यसले आफु नभएको पार्टी संगठनको बारेमा चर्चा गर्नु भनेको उसको आफ्नो स्वार्थको लागि मात्र हो । क्रान्ति परिवर्तन तिर उसको सहि विचार तथा दृष्टिकोण भएर हुँदै होइन ।
आजकल भारतमा मूल प्रवाहको साधारण सदस्यसम्मबाट निस्कासित बा सदस्य नै नभएकाहरुले मूल प्रवाह संगठनको व्यानर झण्डा प्रयोग निहित स्वार्थको लागि गर्नु भएको छ । वहाँँहरुले उही थालीमा खाने र उहि थालीलाई नै प्वाल पार्ने प्रतिक्रान्तिकारी कार्य गरिरहनु भएको छ ।
आफुलाई मूल प्रवाहको कथित केन्द्रीय, क्षेत्रीय नेताहरु पनि स्वंयलाई बताउने तर विधान नमान्ने, माथिल्लो समितिको निर्देशन पनि नमान्ने सदस्यता शुल्क पनि नतिर्ने अझ नेकपा (मसाल) को हुम पनि भन्ने देब बहादुर लामिछाने जी महेन्द्र बस्यालजी लगाएतका साथिहरुले मूल प्रवाहको प्रयोग निहित स्वार्थको लागि गर्नु भएको छ ।
वहाँहरुले उहि थालीमा खाने र उहि थालीलाई नै प्वाल पार्ने प्रतिक्रान्तिकारी कार्य गरिरहनु भएको छ । मूल प्रवाहको कथित केन्द्रीय क्षेत्रीय नेताहरु पनि स्वंयलाइ बताउने तर विधान नमान्ने, माथिल्लो समितिको निर्देशन पनि नमान्ने सदस्यता शुल्क पनि नतिर्ने अझ नेकपा (मसाल) को हुम पनि भन्ने देब बहादुर लामीछाने, महेन्द्र बस्याल लगाएतका साथिहरुले मूल प्रवाहको प्रयोग निहित स्वार्थको लागि गर्नु भएको छ । वहाँहरुले उहि थालीमा खाने र उहि थालीलाई नै दुलो पार्ने प्रतिक्रान्तिकारी कार्य गरिरहनु भएको छ ।
मूल प्रवाहको कथित केन्द्रीय क्षेत्रीय नेताहरु पनि स्वंयलाई बताउने तर विधान नमान्ने, माथिल्लो समितिको निर्देशन पनि नमान्ने सदस्यता शुल्क पनि नतिर्ने अझ नेकपा (मसाल) को हुम पनि भन्ने कस्तो हासो लाग्ने कुरा गर्नुहुन्छ । वहाँहरु मैले जानेको सुनेको कम्युनिष्ट पार्टीमा त निरन्तर लेबी तिर्नु पर्छ, निरन्तर काम गर्नुपर्छ, पार्टीको विधान तथा महाधिबेसनका निर्णयहरु मान्नु पर्छ । नेतृत्वको निर्देशन, मान्नु र चित्त नबुझेको कुरा सबैभन्दा माथिल्लो समितिमा लैजाने प्रकृया पो हुन्छ । वहाँहरुको कस्तो गुट हो लेवी तिर्ने, तिर्न पनि रोक लगाउने नपर्ने समितिमा क्रियाशिल हुन नपर्ने विधी विधान मान्न नपर्ने म त हैरान छु । यस्तो पार्टी पनि संसारमा होला र वा कथित सिंगै नपुछरका अराजकहरुले अब बनाउने पार्टी संगठन त्यस्तै बनाउने कल्पना गर्नु भएको छ कि ?
वहाँहरुले अर्को हास्नै पर्ने कुरा छ । मूल प्रवाह हाम्रो संगठनलाई अल्पमतको र अवैधानिक तथा हाम्रा नेतृत्वलाई टिके भन्नु हुन्छ तर के वहाँहरुमा हिम्मत छ बहुमत देखाउन सक्ने ? त्यसो हो भने बहुमत सदस्यहरुको भेला गरेर देखाउने नैतिक हिम्मत छैन भने हवाहवाइ कुरा गरेर सोझासाजा कार्यकर्ताहरुलाई अलमल पार्ने प्रयास नगर्नुहोस् मेरो सल्लाह छ । नत्र भने पर्दा भित्र गुटबन्दी गर्ने, पार्टीको सामान्य नीति सिद्धान्तलाई धक्का दिने खालका काम गर्ने अनि धेरै नै गलत भ्रम फैलाएर कार्यक्रताहरुलाई अलमल पार्दै अन्य संगठनमा जाने र ठुलै पद पाउने यो ड्रामा हो कि बुझ्न सकिएन ।
अन्यथा त संगठनको सामान्य गोपनियता र पार्टीको आन्तरिक अनुशासनलाई माक्र्सवाद मान्नेहरुले आफनो पार्टी छोडेर अन्तै जाँदासम्म कम्युनिष्ट नैतिकताको विषय भन्दै सम्बन्धित समिति बाहेक कतै पोल खोल्ने गरेको इतिहास मैले फेला पारिकी थिइन् । अहिले त तपाईहरुले अचम्मै गर्नु भयो । तपाईहरुको यात्रा कता हो ? छिट्टै पत्ता लाग्ला, तर जे होस् तपाइहरुको हवाहवाइ कुराले गर्दा हामी जस्ता सोझा र सिधा कार्यकर्ताहरु झनझन स्पष्ट भयौं र परिवर्तन विरोधीहरु विरुद्ध शशक्त प्रतिवाद गर्ने हिम्मत जाग्न थाल्यो । अब सबैले यस्ता गफाडीहरुका भ्रम विरुद्ध सशक्त प्रतिवाद गर्ने हिम्मत गरौं र यस्ता व्यक्तिहरुलाई कोशौं पर पंछाउने अभियानमा लागौं ।
(लेखक सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सचिव हुनुहुन्छ ।)















