उमरगाम, ७ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मुम्बईको नजिक उमरगामस्थित श्रमजिवी नेपालीहरु बीच क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरको पहल तथा केन्द्रीय सचिव बेद बहादुर कार्कीको विशेष उपस्थितिमा भेला सम्पन्न गरिएको छ ।
भेलाको अध्यक्षता समर खत्रीले र डिल बहादुर रोकायको सञ्चालनबाट अगाडि बढेको भेलामा सहभागिहरुलाई मुकुन्ददेव खत्रीले स्वागत गर्नुभएको थियो । केन्द्रीय सचिव बेद बहादुर कार्की र पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरले संगठनको महत्व र आवश्यकताको बारेमा प्रष्ट्याउनुभएको थियो ।
भेलाद्वारा समर खत्रीको अध्यक्षमा १५ पुर्ण, ४ बैकल्पिक र ४ सल्लाहकार गरि २३ सदस्यीय अमरगाम नगर समिति निर्माण गरिएको छ । जसमाः अध्यक्ष– समर खत्री, उपाध्यक्ष– मुकुन्ददेव खत्री, सचिव– डिल बहादुर रोकाय, सहसचिव– अमर बहादुर खत्री, कोषाध्यक्ष– राजेन्द्र रोकाय रहनुभएको छ । त्यस्तै सदस्यमाः बलराम खत्री, झसेन्द्र खत्री, रोहित सिंह, खिम खत्री, आशिष खत्री, पुर्ण बहादुर खत्री, राजेश राना, अर्जुन राना, बिमल घर्ती, सुरेन्द्र पौडेल, बैकल्पिक सदस्यमाः सुनिल पौडेल, गोविन्द पौडेल, निशान देवकोट र राजेश खत्री रहनुभएको छ । त्यस्तै भेलाले लोकबहादुर विक, खगेन्द्र चन्द, विशाल क्षेत्री र भागिरथ खत्रीलाई सल्लाहकार चयन गरेको छ ।
नव निर्बाचित उमरगाम नगर समितिलाई केन्द्रीय सचिव बेदबहादुर कार्की र पश्चिम भारत क्षेत्रीय उपाध्यक्ष कृष्ण कुँवरले बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।















