रोपडमा प्रकाशन भेला सम्पन्न

रोपड, २ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्धारा संचालित रोपड नगर समितिले प्रगतिशील प्रकाशन भेला भव्य र सानदार रूपमा सम्पन्न गरेको छ ।

नगर सचिव विष्णु गुरुङको संचालनमा तथा भक्त वहादुर थापाको अध्यक्षतामा सम्पन्न सो भेलामा उपस्थित विभिन्न अतिथिहरूको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौन धारण पश्चात ओमप्रकाश सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो ।

भेलामा प्रकाशन र कार्यकर्ताहरुको जिम्मेवारी बारे व्यापक चर्चा गर्दै वोल्ने वक्ताहरुमा प्रमुख अतिथी मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल हुनुहुन्यो । वहाँले प्रकाशनले नै सयौं कार्यकर्ताहरुले गर्ने काम भन्दा वढि विचार प्रवाह गर्न सक्दछ तर साथसाथै कार्यकर्ताहरुको सैद्धान्तिक, राजनैतिक ज्ञान पनि वढाउने हँुदा प्रकाशन विक्री वितरणमा वढि जोडदिनुपर्ने कुरा औलाउनु भएको थियो ।

यसै गरि विचार राख्ने अन्य वक्ताहरूमा केन्द्रीय सदस्य एंव सुदुरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष– प्रेम सापकोटा, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य छविलाल सापकोटा, महिला क्षेत्रीय विभागकी मञ्जु थापा, जनजाति विभाग क्षेत्रका विलबहादुर गुरुङ, मूल प्रवाह नगर समितिका सोभाराम सापकोटा, शकुंतला थापा, टेकबहादुर थापा, राधिका सापकोटा, खुमबहादुर वैछावर र जगन्नाथ कडेल लगाएत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार