भाटगाव एरिया समिति गठन
अहमदावाद, ११ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति द्वारा सञ्चालित अहमदावाद नगर समिति अन्तर्गत भाटगाउँमा एरिया समिति गठन गरिएको छ । क्षेत्रीय सल्लाहकार धर्मेन्द्र लामाको पहल कदमी तथा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाको विशेष उपस्थितिमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
भेलाले खेमराज भट्टराईको अध्यक्षतामा ११ पूर्ण, ३ वैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यीय भाटगाउँ एरिया समिति गठन गरेको छ । जसमा : उपाध्यक्ष– विष्णु थापा, सचिव– राहुल सोनी, सहसचिव– खगेन्द्र माझी, कोषाध्यक्ष– प्रकाश विक रहनुभएको छ । त्यस्तै सदस्यमा : विरेन्द्र खड्का, सहदेव मुखिया, दिपक विक, तुलाराम खड्का, शंकर नेपाली, प्रेम नेपाली, वैकल्पिक सदस्यमा : ललित थापा, गणेश सोनी, उमेश सिडियार, सल्लाहकारमा पंकज वस्नेत, युवराज सोनी र विरेन्द्र भट्टराई रहनुभएको छ ।
नयाँ समितिलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापा र क्षेत्रीय सल्लाहकार धर्मेन्द्र लामाले बधाई तथा शुभमकाना दिनुभएको थियो ।















