- केशव गाहा
थोरै थोरै अध्ययनशिल बन,निखार आउला
बुध्दी पलाउला मनमा राम्रो बिचार आउला
मलाई गाली गर्ने समय आफैमा खर्च गर
कमसेकम तिम्रै जिन्दगीमा सुधार आउला
रुप फेरीफेरी छलेर कति दिन हिड्न सक्छौ
ऐनामा एकदिन बास्तविक अनुहार आउला
गरीबलाई लुटेर आफ्नो पेट भरिरहेछौ
हेर्दै जाउ खाए पछी पक्कै डकार आउला
देश आक्रान्त बनाउने राष्ट्रघाती होसियार
कलम समाउने यो हातमा हतियार आउला ।















