तीज गीत : बिजयको उद्घोष

विष्णु शर्मा

सदियौ देखि अन्याय र अत्याचार बढि भो,
चेतनाको किरण छर्दै उठौ नारी हो ।
संबिधानमा ब्यबस्था छ नारी पुरुष बराबर ,
आज पनि पशुलाई झै हुन्छ व्यवहार।।

आज सम्म नारीले नगरेको केही छैन,
फेरि पनि राम्रो कामको चर्चा हुदैन ।
कहि छन् बलात्कार कहि त बेचबिखन ,
समाजले पिडितलाइ नै लाउछ निसाना।।

घरभित्रै अशुरक्षित भाछ नारी जगत,
अत्याचारको बिरोधमा उठौ अबत।
बच्चा देखि बृद्द सम्म नरभक्षीको सिकार,
खाचो पर्यो उच्च रुपको हाम्रो हुंकार।।

आज पर्यो अर्कोलाई भोलि हाम्लाइ पर्ने हो,
अबआफ्नो सुरक्षा आफै गर्ने हो ।
बस्नुहुन्न सधैंभरी बिभेदलाइ पालेर,
एक भइ लागौ नारी मसाल बालेर।।

पुरुष समान भन्दा पनि मानव समान बाच्नी हो,
बलत्कारीका हात खुट्टा अब भाच्नी हो।
बस्ने होइन पुरुष प्रधान समाजलाई पालेर,
मुक्ति मिल्छ एकतन्त्रीय शासन फालेर।।

घरबाट बाहिर निस्कौ ठाडो शिर बनाइ,
शिक्षित पारौ शोषीत पिडित सबैजनालाइ।
नारी मात्र छैन यहाँ पिडितमा परेको,
धेरैमा छ बिभेदले जरा गाडेको।।

कोही हेपिन्छ गरिबिले,कोही हेपिन्त जातले,
संसार सुन्दर भएको छ यिनकै हातले।
काम गर्ने रुने सधै,बसिखाने हासनी,
अन्याय सहि बस्ने होइन कोइपनि।।

सबैजना जम्मा भउ मालेमाको पार्टीमा,
अदम्य साहस जुटाइ छातीमा।
बर्गिय लडाइँ लड्न हामी एक ठाउँ आउने हो,
बिजयको उद्घोष संगै मुक्ति पाउने हो।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार