नेता लुडोभिकोप्रति मसालद्वारा श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अमेरिकाका कम्युनिष्ट नेता लुडोभिकोप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

५ जुलाई २०२१ मा निधन भएका लुडोभिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मसालले आफ्नो पार्टीको उहाँसँग दशकौँदेखि घनिष्ट र मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको बताएको छ ।

मसाल महामन्त्री सिंहले आइतबार प्रेशित गर्नुभएको शोक वक्तव्यमा उहाँको निधन खाली पेरु र लेटिन अमेरिकाको लागि मात्र होइन सम्पूर्ण विश्व कम्युनिष्ट आन्दोलनको लागि ठुलो क्षति भएको बताउनुभएको छ ।

यस्तो छ वक्तव्यः
‘कामरेड लुडोभिको प्रति श्रद्धाञ्जली
लेटिन अमेरिकाका प्रशिद्ध कम्युनिष्ट नेता तथा आई.सी.ओ.आर. को अमेरिकी महादीपको कोअर्डिनेशन कमिटीको प्रमुख कोअर्डिनेटर का. जर्ज हर्टाडो पोजो, जो लुडोभिकोको नामबाट पनि चिनिनुहुन्थ्यो, उहाँको कोभिड–१९ बाट लामो समयसम्म बिरामी परेर ५ जुलाई २०२१ मा निधन भयो ।

पेरुमा आई.सी.ओ.आर. को स्थापनामा उहाँको महत्वपूर्ण योगदान रहेको थियो भने सम्पूर्ण लेटिन अमेरिकाको उहाँ प्रशिद्ध कम्युनिष्ट नेता हुनुहुथ्यो । उहाँले आफ्नो सम्पूर्ण जीवन पार्टी र क्रान्तिको लागि समर्पण गर्नु भएको थियो । उहाँ आई.सी.ओ.आर.को पनि लामो समय देखि सक्रिय नेता हुनुहुन्थ्यो ।

नेकपा (मसाल)को दशकौँ देखि उहाँसित घनिष्ट र मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको थियो । उहाँको निधन खाली पेरु र लेटिन अमेरिकाको लागि मात्र होइन सम्पूर्ण विश्व कम्युनिष्ट आन्दोलनको लागि ठुलो क्षति हो । उहाँको जीवनबाट संसारका सबै कम्युनिष्ट र क्रान्तिकारीहरुले शिक्षा र प्रेरणा लिनुपर्ने आवश्यकता छ ।

उहाँको दुःखद निधनको अवसरमा हाम्रो पार्टीले उहाँप्रति उच्च आदर र सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।’
मिति : २०७८।०४।३१ गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार