काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अफगानिस्तानबाट नेपालीको उद्धारमा सरकारले उपेक्षा र ढिलासुस्ती गरेकोप्रति आपत्ति जनाएको छ ।
लामो समयदेखि गृहयुद्ध चलिरहेको अफगानिस्तानमा अरु देशले धेरै अघिदेखि आफ्ना नागरिकलाई उद्धार गरी स्वदेश फर्काए पनि नेपाल सरकारले उपेक्षा गरेको भन्दै मसालले असन्तुष्टि जनाएको छ ।
यस्तै, मसालले संसदको अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशमार्फत शासन चलाउन थालेकोप्रति पनि विरोध गरेको छ ।
मंगलबार एक वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई पार्टीले समर्थन गरेपनि सरकारले गर्ने हरेक गलत कदमको विरोध गर्ने पनि स्पष्ट पार्नुभएको छ ।
यस्तो वक्तव्यको पूर्णपाठः
[pdf-embedder url=”http://nepaliekta.com/wp-content/uploads/2021/08/Statement-01-1.pdf”]















