गुल्मीको धुर्कोटबाट काँग्रेस परित्याग गरि राजमोमा प्रवेश

गुल्मी । राष्ट्रिय जनमोर्चाले राष्ट्रियता र जनतन्त्रका सवालमा लिएको अडान एवं संघर्षबाट प्रभावित भई विभिन्न पार्टीका कार्यकर्ताहरु ति पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् ।

यसरी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका सक्रिय सदस्य टिकाबहादुर खड्कालगायत हुनुहुन्छ । खड्का केही वर्ष अघि राजमोबाट कांग्रेसमा प्रवेश गर्नुभएको थियो । तर, राजमो जस्तो अनुशासित र जनताका लागि समर्पित पार्टी छोडेको पश्चाताप गर्दै कांग्रेसका स्थानीय कार्यकर्तासहित पुनः राजमोमै प्रवेश गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी धनबहादुर बिक, कृष्ण बिक, लक्ष्मी बिक, गौंथली बिक, भोटमान नेपाली, बालाराम कुँवर राजमोमा प्रवेश गर्नुभएको छ । यस्तै, नेकपाबाट बशन्तबहादुर जिसी, नारायण थापा, विरेन्द्र खत्री, बुद्धिराज जिसीलगायत कार्यकर्ताहरु राजमोमा प्रवेश गरेका छन् ।

भेला सम्पन्न
गुल्मीको धुर्कोटमा राष्ट्रिय जनमोर्चाले गाउँ भेला सम्पन्न गरेको छ । जिल्लाको हाडहाडेमा गाउँ सो भेला सम्पन्न भएको हो ।

भेलाले राजमो धुर्कोट गाउँ समिति पुनर्गठन गरेको छ । समितिको अध्यक्षमा तारा बहादुर जिसी, उपाध्यक्ष गोपाल थापा क्षेत्री, सचिव लिलाराज बस्नेत, सह सचिव मित्र बहादुर थापा र कोषाध्यक्षमा प्रकाश जिसी रहनुभएको छ । सदस्यहरुमा जनक खत्री, कृष्ण बिक, योगेन्द्र थापा, जिबलाल बोहोरा, हरि बहादुर केसी, कमला थापा, मिना जिसी, तेज बहादुर थापा, अनन्त बस्नेत, जित बहादुर बिक रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार