हराएकी मनिषा बस्नेतको खोजी गरौं

चंडिगढ, २ सेप्टेम्वर । पञ्जाबको मलोटबाट हराएकी २० वर्षिय यूवती मनिषा बस्नेतको खोजीकार्यमा सहयोग गरिदिन परिवारले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई बस्नेत परिवारले आग्रह गरेको छ ।

प्युठान जिल्ला, प्युठान नगरपालिका ९ मरन्ठाना, डाडापानी निबासी मोहन बस्नेतकी वर्ष २० श्रीमति मनिषा बस्नेत, गत ९ जनवरी २०२१ को पंजावबाट हराएपछि निरन्तर खोजीकार्यमा रहेका मोहनले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज समक्ष सहयोगका लागि आग्रह गरेका हुन् ।

श्रीमान मोहन वस्नेतका अनुसार ५ फुट उँचाई गहुगोरो वर्ण भएकी मनिषा पंजाबको मलोट तिर भएको आशंका छ । उनी भेटिएमा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा वा मोहन बस्नेत +९१ ७५२६८४४३२७ मा खबर गरिदिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार