संस्थापक थापाको शिघ्र स्वास्थ्यलाभको कामना

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय समितिका अध्यक्ष दुर्गा बहादुर केसीले तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोबिन्द सिंह थापाको सिघ्र स्वास्थ्यलाभको कामना प्रकट गर्नुभएको छ । ४ सितम्बर २०२१ का दिन अध्यक्ष केसीद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत स्वास्थ्य लाभको कामना प्रकट गर्नुभएको हो ।

विज्ञप्तीमा लेखिएको छः

“तात्कालिन अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोबिन्द सिंह थापा पेट सम्बन्धी रोगको समस्याले गर्दा अचानक गम्भीर विमारी भएपछी २०७८ भदौ १८ गते राती कान्तिपुर अस्पताल तिनकुने काठमाडौंमा भर्ना हुनुभएको समाचार प्राप्त भएको छ । वहाँको स्वास्थ्य समस्याप्रति हामी अत्यन्त चिन्तीत छौं । वहाँ गत ४२ बर्षदेखि डाइबेटिजबाट समेत पिडित हुनुहुन्छ । अहिले कान्तिपुर अस्पतालको आइसियु कक्षमा उहाँको उपचार भैरहेको समाचार छ । संस्थापक सभापति गोबिन्द सिंह थापाको शिघ्र स्वास्थ्य–लाभको कामना प्रकट गर्दछौं ।”
दुर्गा बहादुर केसी
(अध्यक्ष)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार