कल्याण, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत ठाणे जिल्लाको कल्यणमा नगर समिति निर्माण गरिएको छ । क्षेत्रीय उपाध्यक्ष टंक कुवरको पहल र महासचिव ठाकुर खनाल एवं केन्द्रीय सदस्य गोबिन्द थापाको विशेष उपस्थितमा कल्याणस्थित श्रमजिवी नेपालीहरु बीच भेला सम्पन्न भएको थियो ।
भेलामा महासचिव ठाकुर खनालले प्रवासी नेपालीहरु हकहितको लागि मूल प्रवाहले खेलेको भूमिका, भारत प्रवासमा नेपालीहरु बीच संगठनको आवश्यकता र संगठनको विधान पद्धतिबारे प्रकाश पार्नु भएको थियो । भेलामा पदम कुँवरको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– गणेश सुनार, सचिव – खेमराज जोशी, सहसचिव– पवन सुनार र कोषाध्यक्ष – पितम कुँवर रहनुभएको छ । त्यस्तै सदस्यमाः पिरिङ्का थापा, राजु सुनार, पदम सुनार, अमर सुनार, मञ्जु सुनार, मैना सुनार, वैकल्पिक सदस्य– रमेस विश्वकर्मा, दिपक विश्वकर्मा र टेकराज ढुंगाना रहनुभएको छ । त्यस्तै सल्लाहकारमा– नवीन जोशी, महेस जोशी, दिनेस ढुंगाना, राधिका सुनार र एक स्थान रिक्त रहेको छ ।
नयाँ समितिलाई मध्य पश्चिम भारत क्षेत्रीय समितिका उपाध्यक्ष टंक कुँवर र केन्द्रीय सदस्य गोविन्द थापाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।















