पञ्जाव भटिण्डामा मूल प्रवाहको टिटी एरिया समितिको पुनर्गठन

भटिण्डा, ५ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति अन्तर्गत बठिण्डा अन्तर्गत सिटी एरियाको भेला सम्पन्न भएको छ ।

टेक बहादुर केसीको अध्यक्षता र सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्य नरबहादुर ओली एवं नगर समितिका अध्यक्ष जगप्रसाद खनालको विषेश उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले बुद्धिनाथ अधिकारीको अध्यक्षतामा ११ पुर्ण ३ वैकल्पिक र ४ सल्लाहकार गरि १८ सदस्यीय सिटी एरिया समिति पुनर्गठन गरेको छ ।

जसमाः उपाध्यक्ष– रामु गिरी, सचिव– धुर्व शर्मा, उपसचिव– देविराम बन, कोषाध्यक्ष– नारायण अधिकारी, सदस्यहरुमा क्रमशः अजय शर्मा, कृष्ण पण्डित, प्रकाश, बिनोद विक, मनजित, बालाराम जिसी, वैकल्पिक सदस्यहरुमाः हेमलाल विक, मुक्त बहादुर र इश्वर बन रहनुभएको छ । त्यस्तै सल्लाहकारमा पप्पु केसी, दिपु श्रीस, गोपाल र मोहन केसी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार