बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी

बुटवल । प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको साहित्य पुस्तक प्रदशनी २२ गते आइतबार सम्पन्न भएको हो ।

पुस्तक प्रदर्शनीको पहिलो दिन साहित्य, कला, संस्कृतिका माध्यमबाट समृद्ध प्रदेशको परिकल्पनामा ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, संस्कृति र साहित्य वीचको अन्तरसम्बन्ध विषयमा घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य डाक्टर राजेन्द्र खनाल, पठन संस्कृतिको विषयमा वरिष्ठ आख्यान्नकार जंगबहादुर शाहाले चर्चा गर्नुभएको थियो ।

दोस्रो दिन २१ गते शनिवार शहरको सभ्यतामा रामचन्द्र श्रेष्ठ, समकालीन साहित्यमा प्रगतिशिलतामा प्रा. दिल साहनी, श्रष्टा, साधना र सिर्जनात्मक उत्तरदायित्वमा प्रा. हुमाकान्ता पाण्डे, साहित्यमा बजार प्रभाबमा डा. मुरारि पराजुली तथा बुटवलको ऐतिहासिकतामा बिमलबहादुर शाक्य र २२ गते तेस्रो अर्थात अन्तिम दिन रुपन्देहीको कला साहित्य यात्रामा सहप्राध्यापक ऋषिराम भुसाल, बाल साहित्य र अभिभावकमा प्रा.डा. कपिलदेब लामिछाने, लोकगितमा नारी चेतनामा डा. लक्ष्मी पोखरेल सानो कोकिला र बुटवलको साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल उपमहानगरपालिकामा गुमादेबि आचार्यले मन्तव्य दिनु भएको थियो ।

साहित्य कार्यक्रममा साहित्यकार बुँद राना, रामचन्द्र भट्टराई, रुद्र वाली, मिनबहादुर राना, देब्रेन्द घिमिरे, गुरु प्रसाद कुमाल बुलबुल लगायतका स्रष्टाहरुले गजल र कविता वाचन गर्नुभएको थियो भने रक्तिम साँस्कृतिक अभियानका कलाकारले प्रगतिशील गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु राखिएको थिएनन् । पठन संस्कृति हराउँदै कमजोर हुँदै गएकाले नयाँ पुस्तामा पठन सँस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार